नायिका रेखा थापाले कार्यक्रममा आउँछु भनेर १ लाख लिएर पनि नआएको भन्दै केही दिन अगाडि ‘नमस्ते खोटाङ’का संयोजक प्रकाश पुरीले आरोप लगाएका थिए । उनले प्रहरीमा उजुरी गर्न गएको समेत जानकारी अनलाइनखबरलाई गराएका थिए । रेखाले कार्यक्रममा आउँछु भनेर नआएको र धोका दिएको भन्दै प्रकाशले उनीमाथि ठगीको आरोप समेत लगाएका थिए ।
तर, त्यसको केही दिनमै उनले फेसबुकमा स्टाटस लेख्दै रेखासँग क्षमा मागेका छन् । रेखालाई आफूले लिखित संझौता नगरेकाले कार्यक्रममा ल्याउन नसकेको उनको भनाई छ ।
गणेश पुरीको नामबाट रेखालाई पठाइएको रकम फिर्ता हुन नसक्नुको कारण खुलाउँदै उनले लेखेका छन्-‘उहाँले रकम पठाउने मान्छेसँग कहिल्यै कुरा नभएको र रकम सो
नायिका थापाले भने आफू खोटाङ जान खोज्दा खोज्दै पनि विभिन्न कारणले पुग्न नसकेकोमा दुख व्यक्त गरेकी छिन् । अरु कुनै समयमा खोटाङ जाने रेखाको प्रतिवद्धता छ ।
source onlinekhabar
0 on: "रेखालाई पैसा ठगीको आरोप लगाउने प्रकाशले माफी मागे"