body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

काठमाडौंमा युवती भाडामा राख्नेहरुको पर्दाफास ! काठमाडौंको कुन,कुन ठाउँमा पाइछ युवती भाडामा

 

काठमाडौंमा युवती भाडामा राख्नेहरुको पर्दाफास ! काठमाडौंको कुन,कुन ठाउँमा पाइछ युवती भाडामा



यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखी राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ । काठमाडौं पनि मिनि बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्याकामा मात्र करीब तिन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटीएका केही दृश्य यसप्रकार छन् । दृश्य एक: अघोषित रेड लाइट एरीया बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ । सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला । रातोपाटी संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए । ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् । सिन्धुपाल्चोकबाट दुई वर्षअघि काठमाडौं झरेकी कोपीला लामा (नाम परिवर्तन)का अनुसार त्यहाँ धेरैजसो पुरुषहरु एक्ला एक्लै आउने गर्छन् । त्यसरी यौन प्यास मेटन आउने ग्राहकले युवतीलाई सात सयदेखी एक हजार र कोठा भाडा बापत पाँचसय रुपैयाँ बुझाउनु पर्छ । ‘अनी प्रहरीले छापा मार्दैन त ? खतरा छैन ?’ भनेर सोध्दा अर्की युवती नुवाकोटबाट आएकी १८ वर्षीया मुना (नाम परिवर्तन)ले भनीन, ‘साहुले सबै सेटीङ मिलाएको छ क्या । त्यस्तो खतरा छैन । कप्स (प्रहरी) आउने भयो भने पनि पहिल्यै खबर आइहाल्छ ।’ यस्ता रिसोर्टहरुमा भर्खरका युवा मात्र हैन, अधवैंशेहरु पनि आउने गरेका छन् । यौनकर्मी २७ वर्षीय दिपिका (नाम परिवर्तन)का अनुसार सरकारी कार्यालयका अधिकारीदेखि कतिपय राजनीति दलका तल्लो तहका नेताहरु पनि आउने गर्छन् । एक घन्टाको पाँच सय रुपैयाँ पाएपछि रिसोर्टका मालिक पनि मालामाल छन् । केटीहरुसँग बढी सोधपुछ गरेको थाहा पाएपछि माथिबाट मालिक कराउन थाल्छन्, ‘के केटीहरु आ–आफ्नो काममा लाग । अर्को गेस्ट आएका छन, त्यतातीर लाग ।’ दृश्य दुई : अन्टीको अखाडा काठमाडौं, सुकेधारा छेउकै एउटा सभ्य मानव वस्ती । आकर्षक घरहरु छन् । बाटोको राम्रो सुविधा छ । बातावरण सफा सुग्घर छ । त्यही सभ्य मानव वस्तीमा एउटा कम्पाउन्डवाला घर छ । त्यो घरको पहिलो तलामा कालो रङको गेट छ । डोर बेल बजाएपछि एउटी करीब ४२ वर्षकी महिला ढोका खोल्न आउँछिन् । ‘अलि ढिलो आइस्यो नी, बाटोमा जाम प¥यो की ?’, ति महिला मुसुक्क हाँस्दै भन्छिन् । ती महिलाले दश वर्षअघि नै आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन् । दुईवटा सन्तान स्कुलमा पढ्छन् । उनी यौनकर्मीमाझ ‘आन्टी’ उपनामले प्रख्यात छिन् । उनको खास नाम कसैलाई थाहा छैन । आन्टीसँगै भित्र जाँदा बडा आकर्षक बैठक कक्ष देखियो । महंगा सोफा र गलैचा । करीब ३६ इन्चको पातलो टिभी भित्तामा । एउटा लचकदार बेड । अनी भित्तामा कुनै सिनको ठुलो तस्वीर । ‘चिया बनाउँ की ? बियर ल्याइदिउँ की, मर्जी होस्’, अन्टीले भनिन् । अन्टीको उमेरले चालिस नाघे पनि उनी विछट्टै राम्री देखिन्थीन् । गोरो र बाटुलो अनुहार । आँखामा पातलो घेरामा गाजल लगाएकी । परेलालाई ब्युटीपार्लरमा गएर मिलाएकी । ज्यान खँदिलो । उचाई त्यस्तै ५ फीटकी । मोटाई ठिक्क । तर, उनी आफै भने त्यस्तो काम नगर्ने रे । ‘चिया भए पुग्छ’ भनेपछि उनी कराइन्, ‘ए सेती, अंकललाई एक कप चिया बना त ।’ अनी ग्राहकतिर फर्केर भनीन, ‘के छ त विचार ? नानीहरुलाई डाकौं ?’ ‘हुन्छ’ भनेपछि अन्टीले मोबाइलमा फोन लगाइन र कसैलाई डाकिन । केहीबेरमै त्यहाँ एउटी प्लस टु कलेजकै ड्रेसमा निलो ब्लेजर कोट लगाएकी एउटी युवती आइन् । हेर्दा २१–२२ वर्षकी जस्ती देखिने ति युवतीलाई प्लस टुमा पढ्ने भनेर त्यस्तै ड्रेसमा सजाएर त्यहाँ ल्याइएको भए पनि पछि कुराकानी गर्दा उनी कलेज पढने युवती नभएको पाइयो । ग्राहकसँग बढी पैसा असुल्न यस्तो तरिका अपनाएकी रहिछन्, आन्टीले । ‘नानी यिनै हुन्, चल्छ नी हैन ?’ भनेर आन्टीले ग्राहकलाई अर्को कोठामा लगीन । त्यो कोठा अलि अँध्यारो खालको थियो झ्याल सबै थुनिएका । एउटा बेड मात्र थियो । कोठामा अली अली चुरोट र रक्सीको गन्ध आइरहेको थियो । सायद अघिल्लो रातका ग्राहकहरुको अवेशष हावामा बाँकी रहेको होला । अन्टीसँग पैसाको मोलमोलाई सुरु भयो । अन्टीले भनिन्, ‘पच्चिस सय रुपैयाँ लाग्छ ।’ ग्राहकले भने, ‘पन्ध्र सयमा मिलाउनुस न ।’ आन्टीले गोरो गालालाई अली रातो बनाउँदै झर्कदै भनीन, ‘हेर्नुस्, हजूर पहिलो पटक आइस्या भएर मात्र मैले पच्चिस सय भनेको । नत्र त रेट तिन हजार हो । पच्चिस सय कति नै हो र ? बजारमा किनमेल गर्न निस्कदाँ एक घन्टामै सकिन्छ ।’ ग्राहक पच्चिस सय तिर्न तयार हुन्छन् । एक ग्राहकले बयान गरेको यो दृश्यले के बताउँछ भने अचेल यौन धन्दाले बडो सभ्य, शिष्ट र व्यवस्थित कलेवर ओढेको छ । कसैलाई सुईंकोसम्म नहुने यस्ता रेसिडेन्सल एरीयामा हुने यौन धन्दाको संजाल बढदै गएको छ । सुत्रका अनुसार राजधानीमा मात्र यस्ता करीब तीन सय अखाडा छन्, जहाँ समाजका विशिष्ट व्यक्तित्वहरु समेत यौन प्यास मेटाउन जाने गरेका छन् । ति अखाडाको संचालन यस्तै ‘आन्टी’हरुले गर्ने गर्छन् । उनीहरु समय तालिका मिलाएर ग्राहकलाई घरमा बोलाउँछन् । कसैको समय आपसमा जुध्न पाउँदैन । रोचक कुरा त के भने अरुले दिने भाडाभन्दा लगभग डबल भाडा दिने भएकाले घरधनीलाई पनि खासै वास्ता हुँदैन । अझ, कतिपय घरधनी त आफै पनि त्यसको पारखी भएकाले धन्दा मजाले चल्ने गर्छ । दुई वर्षअघि प्रहरीले काठमाडौंको रानीबारीस्थित एक घरको पहिलो तलामा रहेको यस्तै अखाडामा छापा मार्दा आधा दर्जन युवती र केही ग्राहक रंगे हात समातिएका थिए । प्रहरीले बेला बेलामा छापा मार्ने गरेको भए पनि आन्टीहरुले डेरा सरेर प्रहरीलाई पनि चक्मा दिने गरेका छन् । ‘अन्टीहरु कुनै एक ठाउँमा ६ महिनाभन्दा बढी बस्दैनन । शंका लागेमा डेरा सरी हाल्छन्’, प्रहरी सुत्र भन्छ । अर्को ठाउँमा गएपछि उनी समाजमा बडो सभ्य, शिष्ट महिलाको रुपमा बस्न थाल्छन् । उनीहरुको घरमा आउने ग्राहक को हुन भनेर कसैले सोध्दा उनी ‘मामाको छोरा’, ‘फ्रिज बनाउन आउने’, ‘सहकारीको एजेन्ट’, ‘भाई’, ‘देवर’ यस्तै यस्तै बताउने गर्छन् । कसै कसैले भने प्रहरीसँगै सेटीङ मिलाएर निर्धक्क धन्दा चलाइरहेका छन् । दृश्य तीन : म्यारीज, मदिरा र मोज दरबारमार्गनेरको एउटा रेस्टुरेन्ट । यो रेस्टुरेन्टमा पहिलो तलामा खाना खाने व्यवस्था छ । दोश्रो तलामा मदिरा पान गर्ने ग्राहकको भीड छ । तेश्रो तलामा रहेका कोठामा केही मानिस तास (म्यारीज) खेलीरहेका छन् । त्यसरी म्यारीज खेल्नेहरुमा नाम चलेका गायक, सँगीतकार र चलचित्र निर्माता/निर्देशक पनि छन् । तास खेलीरहेको ठाउँमा यत्रतत्र बियर र ह्वीस्कीका बोतल लडीरहेका छन् । भोगीहरुको लागि त्यो ठाउँ मानौं स्वर्ग नै हो । किनकी, त्यसै भवनको माथिल्लो तलामा केही गुप्त कोठाहरु पनि छन् । त्यहाँ ग्राहकका लागि यौनकर्मी उपलव्ध गराइन्छ । त्यहाँ गइरहने एक ग्राहकका अनुसार ‘एक पटकको तीन हजार रुपैयाँ लाग्छ ।’ त्यो रेस्टुरेन्ट भने प्रहरीका हाकिमहरुकै मिलेमतोमा चलीरहेको छ । त्यसैले त्यहाँ कहिल्यै छापा पर्दैन । दरबारमार्गमा पोस्टिङ हुने नयाँ प्रहरी अधिकारीका लागि यस्ता अखाडाहरु दाम आम्दानी गर्ने भरपर्दा आधार हुन् । दृश्य चार : मसाज हैन ससाज यो खुलेयाम सत्य हो की पर्यटकीय क्षेत्र ठमेलमा मसाज पार्लरका नाममा यौन धन्दा चलीरहेको छ । केही दिनअघि रातो पाटी संवाददाता ठमेलको एक मसाज पार्लर पुगेको थियो । अली पुरानोजस्तो लाग्ने घरको दोश्रो तल्लामा पुग्दा मसाज पार्लरको काउन्टर देखियो । त्यहाँ सात–आठ जना युवती बसीरहेका थिए । उनी हेर्दा खासै सुन्दर पनि थिएनन् । गरीब परिवारका युवती जस्ता थिए । काभ्रे, सिन्धुपाल्चोक मात्र हैन, पुर्वी नेपालतीरबाट समेत आएका रहेछन् । त्यहाँ पुग्नासाथ उनीहरुले ‘मसाज गरेको १५ हजार सय लाग्छ । ससाज मात्र गरेको एक हजार’ भनेर रेट सुनाइहाले । मसाजभन्दा पनि उनीहरु ससाज(यौन कर्म)कै ग्राहकको पर्खाइमा रहेको स्पष्ट बुझिन्थ्यो । बेला बेलामा प्रहरीले यस्ता मसाज पार्लरमा छापा मार्ने गरे पनि मोलमोलाई मिलेपछि ‘ससाज’ निर्वाध चल्ने गरेको छ । यस्ता मसाज पार्लरका कारण ठमेलका अन्य कार्यालयमा काम गर्ने कामकाजी महिलालाई भने समस्या पर्ने गरेको छ । ‘एउटै घरको दोश्रो तल्लामा मसाज पार्लर हुन्छ, तेश्रो तल्लामा मैले काम गर्ने ट्राभल एजेन्सी हुन्छ’, ठमेलको एक ट्राभल एजेन्सीमा काम गर्ने रुबी महर्जन भन्छिन्, ‘कार्यालय जाँदा र आउँदा सबैले हामीलाई पनि गलत दृष्टीले हेर्छन् ।’ ठमेलमा आयुर्वेदीक र प्राकृतिक उपचारका आधारमा मसाज मात्र गरिने ठाउँ पनि छन् । ती ठाउँमा विदेशीहरु ट्रेकिङबाट फर्कीएर थाकेको बेलामा मसाज गराउन जान्छन् । कतिपय स्थानमा पुरुषले पुरुषकै र महिलाले महिलाकै मसाज गर्ने व्यवस्था पनि छ । तर, थोत्रा भवन र अध्यारा कोठाहरुमा हुने मसाज पार्लरमा भने यौन धन्दा नै चल्ने गरेका छन् । र, यी मसाज पार्लर पनि त्यसक्षेत्रमा खटिएर आउने प्रहरी हाकीमहरुको कमाउने आधार बनेका छन् । यो कुरा मसाज पार्लर चलाउने हाकाहाकी स्वीकार्छन् । उनीहरु भन्छन् , ‘छापा मारिन्छ की भनेर चिन्ता लिनु पर्दैन । प्रहरी पनि हाम्रै हुन् ।’ दृश्य पाँच : केटी भनेको त केटा ठमेलमा रात्री जिवन बिताउन रुचाउने २७ वर्षीय रमेश सिग्देल (नाम परिवर्तन)ले एक दिन ठमेलमा एउटी आकर्षक युवती भेटे । रातको त्यस्तै १० बजेको थियो । ति युवतीले रमेशलाई बाटोमा रोकेर भनिन्, ‘दाई मोज गर्ने हैन ? यस्तो जाडो छ ।’ रमेश भर्खर गोगो बार र एउटा दोहोरी साँझमा रमझम गरेर बाहिर निस्किएका थिए । मदिराको मातमा उनले भने, ‘कहाँ जाने त ? कति पर्छ त ?’ ती युवतीले जम्मा ‘पन्ध्र सय भए पुग्छ’ भनिन् । दुबैपक्षबीच सहमती भयो । रमेशलाई युवतीले धापासी हाइटतीर टयाक्सिमा लगिन् । टयाक्सीले नै पाँच सय ठटायो । धापासी हाइटको एक घरमा पुग्दा त्यहाँ अन्य युवा युवती पनि रहेछन् । रमेशलाई त्यही पुगेपछि थाहा भो, उनीहरुमध्ये कोही समलिंगी र कोही तेश्रो लिंगी रहेछन् । रमेशले जसलाई युवती ठानेका थिए, उनी त केटा पो रहेछन् । त्यसपछि लागेको पैसा तिरेर रमेश त्यहाँबाट टाप ठोके । अचेल दरबारमार्ग, ठमेल, लाजिम्पाट एरीयामा यस्ता तेश्रो लिंगीहरु बाटो ढुकेर ग्राहकसँग मोलमोलाई गरिरहेका भेटीन्छन् । उनीहरु व्यापक मेकअप गरेर आउँछन् । बटुवालाई जिस्क्याउँछन् । दोहोरो बार्ता गरेमा नजिकै झुम्मिन आइपुग्छन् र मोलमोलाई गर्न थाल्छन् । दृश्य ६ : नेता र नायिका एउटी नाम चलेकै नायिका सानेपाको एक आखाडाभित्र छिर्छिन् । केहीबेरमै त्यहाँ एउटा पजेरो आएर रोकिन्छ । त्यो पजेरोबाट नेपालकै एक ठूलै पार्टीका एकजना प्रभावशाली नेता झर्छन् । मुखमा पान पराग चपाउँदै गरेका ति नेताले कोट र टोपी लगाएका छन् । यो आखाडामा यी नेताको आगमन भइरहने वरपरका मानिस बताउँछन् । नयाँ नयाँ नायिकासँग यहाँ उनको रमझम भइरहन्छ । ‘यसलाई यौन धन्दा भन्न मिल्दैन, यो अली हाइ लेभलको कुरा हो’, एक स्थानीय बासीन्दा भन्छन् । अर्को बटुवा चुरोट सल्काउँदै भन्छन्, ‘रत्नपार्कमा ग्राहक ढुकेर बस्ने चाँही यौनकर्मी, अनी ठुला नेतासँग लसपस गर्ने चाँही नायिका ? काम र कुरो एउटै भएपछि सबै एउटै हुन् ।’ हैसियत हुनेहरु बडो सुरक्षित ढंगले यस्ता धेरै अखाडामा आराम फर्माउन जाने गरेका छन् । मोडल, सुन्दरी र नायिकाहरु मोटो रकम लिएर बडो सुरक्षीत ढंगले यौन धन्दा चलाइरहेका छन् । यस्ता सुन्दरीलाई नेता, व्यापारी र ठुला हाकीमले विदेश शयर पनि गराउने गरेका छन् । कतिपय नायिका र सुन्दरीले विदेशमा आयोजित हुने कार्यक्रममा जाँदा ‘मामा’, ‘फुपाजु’, ‘भिनाजु’लाई भेट्नुछ भनेर लापत्ता हुने गरेको र फर्कदाँ लाखौं बोकेर आउने गरेको चर्चा पनि चल्ने गरेको छ । व्यवस्थीत बनाउन कानूनी मान्यता यस्ता दृश्यहरु राजधानीमा धेरै देखिन्छन् । सुन्धरा, बसपार्क र छेउछाउका लजहरु, भक्तपुरमा साँगा भञ्ज्याङबाट उकालो लागेपछि धुलीखेल र नगरकोटसम्मका लज, रिसोर्ट र होटलमा पनि यौन धन्दा फस्टाएका छन् । यो खुला सत्य हो । अहिलेको यो चिसो मौसममा युवतीलाई बाइकको पछाडी राखेर धुलीखेल, नगरकोट र ककनीतीर हान्नीने युवाहरुको संख्या बढ्दैछ । मानिसहरु बैंककलाई यौन पर्यटकीय क्षेत्र भन्छन् । तर काठमाडौं अघोषित रुपमा बैंककमा परिणत भइसकेको छ । फरक यत्ति हो, त्यहाँ यसले कानूनी मान्यता पाएको छ, यहाँ पाएको छैन । गैरकानूनी हो भन्ने नाममा यौन व्यवसायीसँग मोटो रकम असुल्न पल्कीएकाहरुले यसलाई अझै पनि कानूनको सीमामा ल्याएर व्यवस्थित गर्ने सुरसार नदेखाएका हुन् । अब यौनकर्मलाई कानूनी मान्यता दिएर व्यवस्थित नगरे यो विष्फोटक हुनेछ । यौन कर्मले मानिसको समाजमा नकारात्मक असर नपारोस् भन्ने चाहने हो भने पूर्व डिआइजी पार्वती थापाले भने झैं अब नेपालमा पनि रेड लाइट एरियाहरु तोकिदिनुपर्ने बेला आएको छ ।

0 on: "काठमाडौंमा युवती भाडामा राख्नेहरुको पर्दाफास ! काठमाडौंको कुन,कुन ठाउँमा पाइछ युवती भाडामा"