फ्रडमान्डु–३
यो ब्लग हो, बिल्कुल मेरा शब्द । अनुप्रास मिलाउन एउटा शब्द हिन्दी प्रयुक्त भएकामा माफी माग्दछु । बाँकी कथा हो, जजसको जीवनमा मेल खान्छ, संयोग ठान्नुहोला, नरमाइलो नमान्नु होला ।
००००००००००००००००००००००००००००००
मोबाइलमा टिङटिङ आवाज आयो । मोबाइल हेरेँ, भाइबरमा भाउजुको नयाँ फोटो झुल्किरहेको थियो । भर्खरै भाइबर चलाउन थालेकी छन् भाउजु । फेसबुक भन्दा यो राम्रो छ । बोल्न मिल्ने, हेर्न मिल्ने, देखाउन मिल्ने अनि लुकाउन पनि मिल्ने । भाइबर साइबरमा अहिलेसम्मको बलशाली एप्स हो, जसले कयौँ तड्पिएका आँतहरुको हरहरलाई क्षणभरमै शान्त पारिदिन्छ । कयौँको जवानीका रेल गुड्न सुरु भए पनि नरोकिएर समस्या परेका बेला भाइबरले स्टेसन जोडाइदिन्छ ।
‘गुडनाइट देवरजी, स्विट ड्रिम,’ भाउजुले लेखेकी छन् ।
लेखियो, ‘सेम टु यु भावी, इन्जोय होलनाइट ।’ यति जिस्कन थालेको तीनमहिना भइसक्यो ।
‘पिक्चर मन परेन ?’
थाहा थियो, ‘यो मध्यराति भाउजुलाई ‘वाउ, नाइस, सेक्सी माइ भावी भन्नै पथ्र्यो ।’
००००००००००००००००००००००००००००००
पुरुषका जातले दुईटा काम गर्नै पर्छ जिन्दगीमा, एउटाः महिलाको कुरा सुनिरहने पुरुष महिलाको पहिलो रोजाइमा पर्छन् । दोस्रोः कुरा सुनेपछि प्रतिक्रिया नदिने अनि कुरा या कुरा गर्ने पात्र ‘सुन्दरी’, ‘परी’, ‘बेबी’ हस, सिओर, थ्यांक यु भनिदिनु पर्ने । जीवन महिलाकै कुरा सुन्न जन्मिइएको त हो । भाउजुको यो फोटो राम्रो भन्न नपाउँदै मन परेन भन्ने प्रश्नसँग एकपटक जीवनलाई ‘रिभ्यु’ गर्न मन लाग्यो । हो, साँच्चै जीवन महिलाकै कुरा सुन्न नै त हो ।
सानो छँदा हजुरआमाको कुरा सुनियो । ‘थिरिथिरी बाबु ताते ।’
खोपको मात्र सबै पूरा गर्दै बढ्दै जाँदा हजुरआमा ‘सुन्नेलाई सुनका माला’का कथा सुनाउनु हुन्थ्यो ।
००००००००००००००००००००००००००००००
एक भारी किताब बोकेर स्कुल जान सक्ने भएपछि घाँटीमा टिफिनको बट्टा र काँधमा झोला भिराएरर आमा कुरा गर्न थाल्नुभयो, ‘जीवन राम्रो बनाउनु पर्छ, अशल हुनुपर्छ, ज्ञानी हुनुपर्छ, ठूलो मान्छे बन्नुपर्छ ।’
स्कुल गएपछि ‘काली मिस’ कराउनु थाल्नु भयो, ‘तिमी अशल बन । होमवर्क गर । स्मार्ट बन । सबको रोजाइ बन, हिरो बन कान्छा ।’
जीवनमा महिलाको कुरा सुन्दासुन्दा किशोर भइयो । त्यसपछि त झन कुरा सुनाउने कति–कति ?
००००००००००००००००००००००००००००००
‘तिमी मलाइ राम्रो लाग्छ ।’
‘म तिमीलाई मन पराउँछु ।’
‘के तिमी मलाइ माया गर्दैनौ र काले ?’
‘एकपटक त भनन आइ लभ यु ।’
बहिनी पनि ठूली भई । कुरा बुझ्छे । अनि घरिघरी आमालाई पेटारो घस्छे, ‘दादालाई त फलानीले यसो भन्यो, ममु दादाको लभ पर्ला है, पढाइ बिग्रने भयो, ख्याल गरिस्यो ।’
आमा कराउन थाल्नुभयो, ‘जो पाए त्यहीसँग लसपस होइन है केटा ।’
००००००००००००००००००००००००००००००
उफ्, महिलाको कुरा सुन्दासुन्दै जग्गेमा बस्ने दिन आए । जग्गेमा बस्नुअघिका केही वर्ष उसैका कुरा सुनिए ।
‘म हजुरलाई सुख दिन्छु । म हजुरलाई झिल्के छोरा दिन्छु । म हजुरलाई माया गर्छु । बाहिर आँखा नलाइस्यो, बाहिर मन नडुलाइस्यो ।’ जग्गेमा पनि उसैका खसखस । ठसठस । कस्तो जन्ती ल्याइसेको, कोहीको दाँत उछिट्टेको, कोही च्यापु नमिलेको । माइत आउँदा मलाई उडाउँछन् । मेरो बेइजत हुने भयो ।’ हे भगवान ! तिमीले बिहे मसँग गरेको कि जन्तीसँग ?
१६ रातमा ससुराल गइयो । आमा (सासु) को कुरा सुन्दै झन्डै उज्यालो भयो । ‘छोरीलाई माया गर्सेला । सुखमा राख्सेला । नाति पाइसेला । काठमाडौँमा घर बनाइसेला । हाम्लाई इज्जत दिइसेला । हजुर मात्रै राम्रो, जन्ती त घिनलाग्दा !’
००००००००००००००००००००००००००००००
आमाका ठाउँमा सासुको राज । अब बहिनीको ठाउँमा सालीहरुको कुरा ।
‘कपाल कर्ली गरिस्यो ।’
‘दाह्री काटिस्यो ।’
‘पर्फ्यु यो लगाइस्यो ।’
‘पाइन्ट यो पहिरिस्यो । भूँडी घटाइस्यो । चुजी बनिस्यो ।’
उफ जीवनमा महिलाको कुरा सुन्दै यहाँसम्म आइयो ।
अब घरतिर आइयो, फेरि हजुर आमाको कचकच ।
‘पनातिको मुख देख्न पाए प्राण सजिलै जान्थ्यो बाबु ।’
‘एउटा पनाति पाउन परेन ?’
‘पनातिको मुख नहेरी मरुँ म, स्वर्ग पठा न लाटा मलाइ !’
उफ, वाक्कदिक्क छ पुरुषको जीवन ।
००००००००००००००००००००००००००००००
त्यसपछि पत्नीका व्यवहारले टोलछिमेकमा कुरा काट्छन महिला नै ।
‘फलानीकी बुहारी कति मिजासिली ।’
‘भाग्मानी हो त्यो कुमारेको आमा ।’
कोही कुरा काट्छन् ।
‘के को भाग्यमानी ?’
‘देखावटी हो त्यो केटी ।’
‘अनुहार हेर न, मनमा एउटा मुखमा एउटा कुरा ।’
एउटा लोग्ने टाइसुटमा ढल्केर जति नै मस्किए पनि, हौसिए पनि रौसिए पनि उसको जीवन यिनै महिलाको तगारो नाघ्न सक्ने को होला ? अफिस जाउ । कर्मचारीका माग सुन । व्यवस्थापनका असन्तुष्टि सुन । अनि साँझ कतै जाउ, यसो मदिराको साथ लिउँ, मदिरा भन्दा मन्दिराहरुको भिड । उनीहरुकै रिक्वेस्ट । ‘एक प्याक ह्विस्की पिलाइस्यो न बोस ।’ ‘एउटा बियर प्लिज ।’ ‘हजुरको मोबाइल नम्बर प्लिज ।’ भोलिपल्ट फोन गरेर ‘एकसयको रिचार्ज प्लिज ।’ त्यसपछि उसका कुरा सुन्न समय प्लिज ।
उफ्, घरबाट मुक्ति खोजेर बाहिर निस्क्यो । पार्किङमा अर्को आइलाग्छे ।
‘लिफ्ट मि प्लिज ।’
लिफ्ट दियो, मोबाइल नम्बर प्लिज ।
त्यसपछि अरु धेरै ‘प्लिज’ भित्र के के पर्छन् । लेखिरहनै परेन ।
००००००००००००००००००००००००००००००
यता घरमा पनि उस्तै गनगन ।
हजुरआमाः ‘बाबु, अब मरिहाल्छु, एकपटक तातोपानी लग्दे न ।’
आमाः ‘बाबु, हाम्लाई एकपटक भारत घुमाइ दे न ।’
बुढीः ‘काले, एकपटक दार्जिलिङ घुम्न जाउँ न, अरुले डिस्नेल्यान्ड लैजान्छन् घुमाउन ।’
बहिनीः ‘दादा, हाम्लाई त वास्तै गर्न छाड्नु भयो, भाउजु भए पुग्यो ?’
अब त छोरी पनि छे, भन्छेः बाबा एप्पलको मोबाइल र ल्यापटप चाहियो ।
सासुः ‘अचेल त आउनै छाड्नु भयो ।’
सालीः ‘भिनाजु, साढुभाइलाई विदेश पठाउनु प¥यो, पैसा दिइस्यो न ।’
अरु पनि छन् केही, जो सुखमा सुख दिन्छन्, जब यस्तै दुःख पर्छ । तिनले पनि भन्छन्, ‘म युज एन्ड थ्रो मात्र हो तेरो ?’
००००००००००००००००००००००००००००००
जीवनमा यतिधेरै महिलाहरुसँग जोडिएर पनि पुरुष अशल स्रोता हो, शुभचिन्तक हो । प्रशंसक हो । वेलविसर हो । त्यो भन्दा एक शब्द झर्कोफर्को होस्, के हुन्छ पुरुषको हालत ।
तपाईंको समय बर्बाद गरेँ, तपाईंलाई झुक्काएँ आज । खासमा यति धेरै महिलाको ‘च्याकुलझ्याइँ’मा परेर तातो तावामा परेको जिउँदो माछा झैँ व्याकुल पुरुषको कथामै अड्काएँ ।
समय घर्किएछ । आज लेख्न खोजेको विषय लेख्दा लामो पो हुने भयो । हो, भाइबरमा जोडिएकी अर्की भाउजुको कथा अर्को हप्ता ल ? आज शीर्षकमात्र भयो, कथा अर्को हप्ता । तपाईंको समय बर्बाद पारेकामा पनि माफी मागेँ । पार्न नसकेको भए त झन माफी मागेँ ।
००००००००००००००००००००००००००००००
0 on: "दाइ ‘यौनकथा’ बेच्छन्, भाउजु ‘भल्गर फोटो’ भेज्छिन्"