काठमाडौं– काठमाडौं, पोखरा लगायत देशका विभिन्न स्थानहरुमा डाक्टर र डिआईजीको छोरी भएको झुट बोलेर ठगी गर्दै हिड्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
‘कतै डाक्टर हुँ भनि परिचय दिने र कतै डिआईजीको छोरी’ भनी परिचय दिई डाक्टर, कलाकर्मी,युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्दै हिड्ने गुल्मी हस्तीचौर ९ की भगवती केसीलाई प्रहरीले काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो ।
आफू डा सुहाना भएको तथा डिआईजी सनत केसीको छोरी सृष्टि भएको भन्दै उनले ठग्दै आएको प्रारम्भिक अनुसन्धानबानट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनले ठगी गर्नको लागि डा सुहाना केसी नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी एनटीसी र एनसेलको प्रयोग गर्दै आएकी थिइन् ।
यस्तै विभिन्न होटलमा गई डिआईजी केसीको छोरी भएको परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको, र त्यसका लागि केसी बनेर अन्य व्यक्तिहरुलाई फोन गर्न लगाउने समेत खुल्न आएको छ । यसो त पोखराका विभिन्न अस्पतालहरुमा डाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाहको बहानामा ठगी गरेको प्रहरीको दाबी छ , पछि पोखराको स्थानीय पत्रिकामा उनको ठगी धन्दाबारे समाचार आएपनि त्यहाँबाट भागेर काठमाडौं छिरेकी थिइन् । प्रहरीका अनुसार उनको सम्पर्क नम्बर मात्रै ९ ओटा रहेको छ ।
0 on: "नक्कली डाक्टर र डिआईजीको छोरी बनेर ठग्दै हिँड्ने युवती पक्राउ"