एजेन्सी । पहिले पहिलेका महिला घरबाटै बाहिर निस्कन डराउथे । बजार जाँदा पनि समूहमा जान्थे । तर, अहिलेकामा निकै परिवर्तन आएको छ ।
त्यसैले भनिएको होला कलियुग । जयपुरमा महिलाको एक यस्तो गिरोह भेटिएको छ जहाँका महिलाले आफ्नो फोन नम्बर बाड्दै पुरुषलाई यौनसम्पर्कका लागि घरमा बोलाउने धन्दा गरिरहेका छन् ।
सुन्दा अच्चम लाग्न सक्छ तर, यो सत्य कुरा प्रहरी अनुसन्धानपछि मात्रै पत्ता लाग्यो । प्रहरीले महिलाको यस्तो गिरोहको पर्दाफाश गरेको जो पहिला पुरुषलाई फोन नम्बर दिएर घरमा बोलाउछिन् र फेरि बलात्कारको मुद्दमा फसाउने धम्की दिएर लाखौं रुपैयाँ माग्छिन् । घटना जयपुरको हो जहाँ महिलाहरु ज्वैलर्स र कपडा व्यापारीहरु कहाँ पसल किन्ने भन्दै जान्थे । फेरि त्यहाँ व्यापारीलाई आफ्नो जवानीको जालमा पारेर फोन नम्बर आदान–प्रदान गर्थे ।
त्यसपछि व्यापारीलाई फकाएर यौनसम्पर्कका लागि घरमा बोलाउथे । घरमा ढोका बन्द गरेर पहिला कुटपीट गर्थे त्यसपछि सँगै टाँसिएर सेक्सी पोजमा फोटो खिच्थे । ब्याकमेलिङ गरेर पैसा नदिए रेप केशमा फसाउने धम्की दिन्थे । बलात्कार मुद्दाको डरले व्यापारीहरुले धमाधम पैसा दिन तयार हुन्थे ।
तर, एकदिन एक साहसी व्यापारीले पैसा नदिएर शौचालयबाट प्रहरीमा सूचना दिएपछि यो धन्दाको पर्दाफास भयो । महिलाहरु धनी व्यापारी र प्रतिष्ठित व्यक्तित्वलाई फसाउने गरेका थिए । प्रहरीले यो धन्दामा संलग्न पाँच महिलासहित ७ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारवाही सुरु गरेको छ । यी महिलाहरुले करिब ३ वर्षदेखि यस्तो धन्दा गर्दै अनुसन्धानमा खुलेको छ ।
0 on: "यी महिला जो फोन नम्बर दिएर सेक्सका लागि पुरुषलाई घरमा बोलाउँछिन् !"