body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

“बिहेपछिको आनन्द लिन मन छ”- ज्योती मगर

 

पत्रकारिताका नामी ऋषि धमला र कलाकारिताका नामी ज्योती मगरबीचको कुराकानी यतिबेला ‘टप हिट’मा छन् । हिमालयन टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’का लागि ऋषि धमलाले गायिका मगरसंग लिएको अन्तरबार्ता यतिबेला चर्चाको बिषय बनेको छ । अन्तरबार्तामा धमलाले ज्योतीको जवानीमाथि गजबैले हमला गरेका छन् । सोही कुराकानीको सम्पादित अंश:




  • अहिले तीजका लागि के कति गीत गाउनु भयो ?

४ बर्षदेखि निरन्तर तीजको गीत गाउदै आएको छु । यसपालि पनि ल्याएको थिए, निर्माणमा ढिलो भयो । शंकर बिसी दाइले ढाडे बिरालोमा अभिनय गर्नको लागि आग्रह गर्नुभयो त्यो गीतको बारेमा जसरी बजारमा चर्चा भयो त्यसैको ‘रिप्लाइ’ स्वरुप ल्याए मैले गीत ।

  • अहिलेसम्म आफ्नो मन कतिलाई दिनु भो ?

मैले कसैलाई मन दिइसक्या छैन, यो मन आफै संग छ अहिलेसम्म ।


  • नपाएर कि नचाहेर ?

नपाएर नै होला


  • तपाइलाई हेर्दा यूवाहरु चकित पर्छन नि हैन ? कतिको आउछन त प्रेम प्रस्ताव ?

जसले मलाई प्रस्ताव गर्नुहुन्छ ति मलाई मन पर्दैन जो मलाई मन पर्दछ तिनले मलाई प्रस्ताव गर्दैनन ।


  • तपाईलाई मन पर्ने को हुन त ?

मलाइ त ऋषि धमला र राजेश हमाल मन पर्दछ । राजेश हमालको जस्तो पर्सनालिटी र ऋषि धमला जस्तो सक्षम मान्छे मन पर्दछ ।


  • तपाईलाई ट्वीट गर्ने केटाहरु पनि छन होला नि ?

म ट्वीट गर्दिन मेसेजहरु भने टन्नै आउछन । मेसेजमा चाहि ‘आइलवयू’ , ‘म तिमीलाई माया गर्छु प्लिज एक पटक म्यासेज त रिप्लाइ गर’ भन्नेहरु थुपै् छन ।


  • तपाई बिकीनीमा देखिन चाहनुहुन्छ कि हुन्न ?

मेरो फिगर बिकीनी होइन । मेरो फिगर चाहि बिकीनीको लागि होइन र मलाई सुहाउदैन पनि म डल्ली छु, मोटी छु त्यसैले पनि लाउदिन ।


  • स्वीमीङ्ग पुलमा ज्योती मगरको तिघ्रा हेर्नेको भिड लाग्दथ्यो कि ?

स्वीमीङ्ग पुलमा कसैले कसैलाई हेदैन जस्तो लाग्दछ मलाई


  • कुनैबेला देवानन्दलाई देख्दा यूवतीहरु हाम्फाल्थे रे अहिले तपाइलाइ देखेर हाम्फाल्ने त हैनन नि ?

हैन हिजोआज हाम्फाल्ने केटाहरु नै पाइदैन ।


  • छोटाछोटा लुगा लगाउदा केटाहरुलाई अप्ठेरो त लाग्दैन नि ?

केटाहरुलाई चाहि अप्ठेरो लाग्दैन बुढाहरुलाई चाहि अप्ठेरो लाग्न सक्दछ किनकी घरको मुर्गी दाल बराबर भन्ने त नेपाली उखान नै छ नि ।


  • तपाईको कुरा काट्ने थुपै् छन्, तपाइलाई त्यसमा मतलव लाग्छ कि लाग्दैन ?

मलाइ कसैले कुरा काटेर केही मतलव लाग्दैन ।


  • यूवकहरुले तपाइको यो रातो ओठमा किस गरे त ?

मेरा यूवा फ्यानहरुले रातो ओठमा चाहि हैन गालामा चाहि किस गरेका छन ।


  • बिहे पछिको आनन्द लिन पाउनु भएको छ ?

बिहे त भएको छैन के आनन्द लिनु तर आनन्द लिन चाहि एकदमै मन थियो


  • तपाई अविवाहित हो कुमारी चाहि हैन ?

(हाँस्दै) एक भोट, एक भोट


  • लोक संस्कृतिमा विकृति ल्याएको आरोपबारे तपाई के भन्नु हुन्छ ?

जसले मलाइ विकृति ल्याएको छ भन्नु हुन्छ वहाले लोक गीतको लागि के गर्नु भएको छ म त्यो सोध्न चाहन्छु


  • कुमार बस्नेतले तपाईलाई त्यो आरोप लगायो भने के भन्नुहुन्छ ?

कुमार बस्नेतले म भन्दा बढी सेक्सी गीत गाउदथे ।


  • केही  कुराहरु लुकाउनु पनि पर्छ छोप्दाको महत्व भिन्दै छ हैन र ज्योतीजी ?

मैले के देखाएकी छु र सबै, धेरै कुरा देखाउन बाकी नै छ


  • तपाईले ज्योती मगरले धेरै नै देखाइ भन्नेहरुलाइ के भन्नुहुन्छ ?


कि मन पदैन नहेर्नु , हेरेपछि ‘इन्ज्वाइ’ गर्नु कम्तिमा,  किन गाली गर्नु

0 on: "“बिहेपछिको आनन्द लिन मन छ”- ज्योती मगर"