
डिसी पत्नी रानूको औला भाँचिनुको अलावा अनुहारमा चोट लागेको छ जसका कारण उनको अनुहारमा १२ टाँका लगाइएको छ । ब्राकेनरिज अस्पतालमा सात घन्टा लामो उपचारपछि दुवैको डिस्चार्ज भएको डिसीले बताए । दुर्घटनामा डिसीको छातीमा चोट लागेको छ।
दुबै जना खतरामुक्त रहेका छन्, डिसीलाई ठीक हुन पाँच दिन र उनकी पत्नीलाई ठिक हुन् ६ हप्ता लाग्ने चिकित्सकले बताएको जानकारी डिसीले सेतोपाटीलाई दिएका छन्। डिसी शनिबार बिहान एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् । डिसीले १५ डिसेम्बरमा नेपाल फर्कने जनाएका छन्।
0 on: "अमेरिकामा दिनेश डिसीको दुर्घटना, पत्नीको औंला भाँचियो, अनुहारमा १२ टाँका"