सुरक्षित सम्पर्कका लागि यो उपयोगी छ। कन्डम प्रयोग गर्नेको संख्या पनि बढेको छ। कन्डम प्रयोगले शीघ्र पतनलाई केही हदसम्म कम गर्ने गर्छ। तर, यौन आनन्द दिने यही कन्डम महिलाको योनीभित्र छिरेमा भने ठूलो तनाव झेल्नुपर्ने हुन्छ। विवाहितको तुलनामा अविवाहित युवायुवतीमा यस्ता घटना धेरै हुने गरेको पाइएको छ। यस्तो समस्या अस्पतालमा गएर सजिलै भन्न पनि अप्ठ्यारो हुन्छ। अलिकति होस पुर्याइएन भने केही छिनको आनन्द तनावमा परिणत हुन बेर लाग्दैन। धेरै युवायुवती आवेगमा आएर हतार-हतार सम्भोगमा लीन हुने गर्छन्। यस्तो अवस्थामा प्राक्त्रि्कडा (फोरप्ले) पनि त्यति गरिँदैन। पार्टनर पनि डरले गर्दा ढुक्कसँग सम्भोगमा उत्रन सक्दैनन्। छिटो-छिटो सिध्याउने गरी सम्भोग गर्दा कन्डम महिलाको योनीभित्र पस्ने गरेको पाइएको छ। त्यति प्रचारमा नआए पनि अस्पतालको इमर्जेन्सी विभागमा केही युवा आफूले सम्भोग गर्ने क्रममा पार्टनरको योनीभित्र कन्डम पसेको कारणले पार्टनर लिएर आउने गरेका पाइएको छ। वास्तवमा कन्डम महिलाको योनीभित्र छिर्दा कुनै हानि भने हुँदैन। यसलाई सकेसम्म आफैँले, नसके अस्पतालमा गएर सजिलै झिक्न सकिन्छ। आफैँले झिक्ने हो भने साबुन-पानीले हात धोएर योनीभित्र औँला पसाएर कन्डम कतातिर छ, पत्ता लगाउनुपर्छ। कन्डम कहाँनिर छ, पत्ता लागेपछि कन्डमको एक छेउ समातेर बिस्तारै तान्नुपर्छ।

योनीभित्र वीर्य स्खलन भएको छ भने गर्भ रहन नदिन सावधानी अपनाउनुपर्छ। कतिपय युवा भने आवेगमा आएर सम्भोग गर्ने गर्छन्। आफ्नो पार्टनरको सन्तुष्टिको ख्यालै नगरी मेकानिकल रूपमा बलपूर्वक सम्भोग गर्ने गर्छन्। योनी अत्यन्त संवेदनशील अंग हो। यसलाई बलपूर्वक दबाब दिँदा हानि पुग्न सक्छ। उत्तेजनाको उन्मादले बेहोस भएर बलपूर्वक सम्भोग गर्दा अचानक योनीबाट रक्तस्राव हुन सक्छ। यस्तो अवस्थामा ढिलो नगरी तुरुन्त अस्पताल जानु या लैजानुपर्छ। धैरै रक्तस्राव भयो भने महिलाको ज्यान पनि जान सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ।
0 on: "सेक्स गर्दा कण्डमनै अड्केपछि - काठमाण्डौंको यौनकर्मि"