body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured

Latest in Tech

Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

Most Recent

गर्भवती अवस्थामा सेक्स कसरी गर्ने: कुन कुन तरिका उपयुक्त

 





म २१ वर्षकी भएँ । अहिले मेरो पेटमा ४ महिनाको शिशु छ । मेरो विवाह भएको २ वर्ष हुन लाग्यो । के मैले सन्तान जन्माउन छिटो त गरिनँ ? के गर्भवती हुँदा यौनसम्पर्क गर्न हुन्छ ? मलाई पहिले यौनसम्पर्क गर्न मन लाग्थ्यो तर अहिले मन लाग्दैन । किन होला ?

कतै सन्तान जन्माउन छिटो त गरिनँ ?

तपाईंले आफ्नो र परिवारको सामाजिक, आर्थिक परिस्थतिका बारेमा मात्र होइन, आफ्नो जीवनको लक्ष्यजस्ता विषयमा केही पनि लेख्नुभएको छैन । त्यसैले तपाईंले सन्तान जन्माउन छिटो भयो कि भएन भन्ने विषयमा यसै भन्न सकिने आधार भएन । स्वास्थ्यका हिसाबले हेर्ने हो भने २० वर्षभन्दा माथिको उमेरमै सन्तान जन्माउनु उपयुक्त मानिन्छ । preg

गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?
गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरै दम्पती पिरोलिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा कसैसँग झट्ट सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा नभनिएको स्थिति छ । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ ।

यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख प्राप्त गर्दा पाठेघर खुम्चने , गर्भावस्था शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क पनि गरिन्छ । तपाईंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ, तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन् ।

मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको भन्ने कुरै थाहा हुँदैन तर उनीहरूले यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छ र त्यसले खासै नकारात्मक असर पुर्‍याएको पनि पाइँदैन ।

गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ?
गर्भावस्थामा शारीरीक असजिलोपन, सुन्दरतामा कमी आएको वा आकर्षक कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । यदि गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पतिपत्नी बीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरताका लागि पनि निकै सहयोगी हुन सक्छ ।

पुरुषलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरूको जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ अनि त्यसअनुरूप नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत हुने अर्को थरीको तर्क छ ।

किन मन नलागेको होला ? तपार्इंलाई थाहै होला, गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतार चढाव आउँछ । यसले गर्दा यौन चाहना मर्छ । यस किसिमको स्थिति असामान्य होइन तर कसै–कसैमा यौन रुचि बढेको पनि पाइन्छ । गर्भावस्थामा यौनांग वरिपरी रक्त बहाव बढी हुने  भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी यौन इच्छा हुने र त्यसैअनुरूप यौन आनन्द उठाइएका घटना पनि प्रशस्तै छन् । यौन क्रियाकलामा सलग्न हुन यति बेला पनि प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो ।

के–कस्ता सावधानी अपनाउनुपर्ला ?
अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यौनसम्पर्क राख्दाको आसनका सम्बन्धमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो । पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाका लागि सजिला सावित हुनसक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिंग प्रवेश नै नगराई यौनआनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छ ।

यदि यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखेमा वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग अत्यावश्यक हुन्छ ।

0 on: "गर्भवती अवस्थामा सेक्स कसरी गर्ने: कुन कुन तरिका उपयुक्त"