पथरी इप्रकाका प्रहरी निरिक्षक रमेश बस्नेतको टोलीले खोलाको डिलमा गाडिएको लासलाई निकाली पोष्टमार्टमको लागी धरान स्थीत विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा आइतबार नै पठाए । लास सामान्य कुहिएकोले धेरै दुर्गन्ध भएको थियो । लासलाई घर देखि लगभग ३ किलोमिटर पश्चिम चिसाङ खोलामा परम्परा अनुसार गाडिएको थियो । लासको टाँउकोको अगाडि र पछाडी भागमा चोट लागेको भेटिएको प्रहरीले बताएका छन् ।
गाउँमा शंका उपशंका भएपछि आइतबार विहान इलाका प्रहरी कार्यालय पथरीमा मृतर्कका आमा देविमाया लिम्बूले स्थानीयको आग्रहमा किटानी जाहेरी दिएका थिए । उन्ले मृत छोराको लासलाई अनुसन्धान गरी घटनामा संम्लग्न व्याक्तिलाई तत्काल पक्राउ गर्न किटानी जाहेरी दिएकी थिइन् । मृतर्कका आमा देविमाया लिम्बूले घटनामा संम्लग्न केरौन १ को सइकुमार तामाङ सहित ५ जनाको नाममा किटानी जाहेरी दिएको प्रहरी निरिक्षक वस्नेतले बताए ।
किटानी जाहेरी पश्चात प्रहरीले घटनामा सम्लग्न व्याक्तिलाई खोजिकार्य तिव्र बनाएको प्रहरीले बताएका छन् । आमा देविमायाले प्रहरीमा दिएको बयान अनुसार बैशाख ३१ गते राती ८ बजे घर छेउको कानेपोखरी–रंगेली सडक खण्डमा दक्षिणबाट ३ वटा मोटरसाइकलमा आएको सइकुमार तामाङको युवा समुहले बाटोमा भनाभन भएपछि हेल्मेटले कुटपिट गरेको स्थानीयबाट भोलि पल्ट थाहा भएको थियो ।
त्यो दिन राती कति बेला आएर घरमा सुतो थाहा भएन विहान ११ बजे सम्म नउठ्दा गएर ओछ्यानमा हेर्दा मृतु भैसकेको रहेछ । गाऊँका केहि मान्छेले प्रहरीलाई खबर गरी पोष्टमाटम गर्नु पर्छ भनेका थिए भने केहि मानिसले खर्च धेरै लाग्छ प्रहरीलाई नभन्नु आफ्नो रितिरिवाज अनुसार सदगद गर्ने सल्ला दिएर यस्तो गरेको हो ।
केरौनको सोही स्थानको वरपर पसलमा मदिरा तथा पेय पदार्थको कारणले समय समय यस्तो प्रकारको घटना बढ्दै गएको छ । मृतर्क अमृत पनि स्थानीय एक मदिरा पसलमा मदिरा नशामा घटना घटेको त्यहाँका स्थानीयले बताएका छन् । अहिले घटना घटेको स्थानबाट २ सय मिटर दक्षिण २०६९साल असोज ९ गते राती ८ बजे केरौन ४ को नहर चौकको पसलमा केरौन ४को २४ बर्षीय मुकेश माझीलाई छिमेकी लिला ठकुरी साहीले धारीलो हतियार प्रहार गरी हत्या गरेका थिए ।kb (1)
घटनामा संम्लग्न लिला ठकुरी अहिले सम्म प्रहरीले पक्राउ गर्ने सकेको छैनन् । सोहि घटनामा संम्लग्न अन्य गणेश चौधरी,सतिस वस्नेत ,शंकर चौधरी र दिनेश राजवंशीलाई अदालतले सादा तारिखमा छाडेका थिए । त्यसैगरी घटना स्थल केरौनको नहर चौकदेखि लगभग दुई किलो मिटर दक्षिण केरौन ९ दलेलीमा २०६७ सालमा मदिरा खाएर भनाभन भएको विषयमा सतार(किस्कु) थरीका व्याक्तिलाई घरधनी रमेश थापाको परिवारले हत्या गरेका थिए ।
kbथापा परिवारका अन्य सदस्य तारिखमा छुटे भने रमेश थापा कारागरमा जेलजिवन विताई रहेका छन् । हत्यामा संलग्न तिन जना उपस्थित मोरङको केरौन ४ को २९ बर्षीय अमृत लिम्बूको हत्यामा संलग्न ३ जना प्रहरी सामु उपस्थित भएका छन । सोमबार हत्यामा संलग्न केरौन १ का ३३ बर्षीय सईकुमार तामाङ, २६ बर्षीय हस्त गुरुङ र बाहुनी ९ राधानाघर भएको २८ बर्षीय राकेश गुरुङ प्रहरी सामु उपस्थित भएका हुने । मृतक लिम्बूको हत्यामा संलग्न ५ जना मध्ये ३ जनालाई प्रहरीले जिल्ला पुर्याइसकेको छ
0 on: "पथरी १० दिन अघी गाडेकाे अमृतकाे लाश प्रहरीले अनुशन्धान गर्ने भन्दै निकाल्याे - रहश्य यस्तो रहेछ"