बनेपाः बसको ठक्करबाट वृद्धको ज्यान गएपछि आक्रोशित स्थानीयबासीले काभ्रेको पाँचखाल नगरपालिकामा एक ड्राइभरलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको छ ।
पाँचखाल नगरापालिका–९ स्थित कास्कोटे देवभूमि बालुवामा जुगल यातायातको बा २ ख २९९६ नम्बरको बसले ठक्कर दिँदा ९७ वर्षीय जीतबहादुर तामाङको ज्यान गएपछि स्थानीयले ड्राइभरलाई पाता फर्काएर कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार बसले किच्दा वृद्धको घटनास्थलमै मृत्यु भएको पछि स्थानीयबासीले ड्राइभरलाई मरनासन्न हुने गरी कुटपिट गरेका हुन् ।
आक्रोशित स्थानीयले चालकको लापरबाहीले वृद्धको मृत्यु भएको भन्दै चालक रामकुमार कार्कीलाई नियन्त्रणमा लिइ हातखुट्टा बाँधेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते चालकको धुलिखेल अस्पतालमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।
0 on: "दुर्घटनापछि पाता फर्काएर कुटपिट गरिँदा गम्भीर घाइते ड्राइभर"