body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

जानी राखौ उडुस बाट छुटकारा पाउने केहि घरेलु उपाय हरु ……

- No comments




व्यस्त जीवनशैलीका कारण दिनभरको थकान, त्यसमा पनि राति सुत्ने बेला उडुसले टोक्यो भने निकै तनाव हुन्छ । उडुसले शरीरको कुनै पनि भागमा सजिलैसँग टोक्न सक्छ ।
यसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । यस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ ।एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् ।त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन्


उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु :- 



पुदिना : उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

कायेन पेपर (रातो खुर्सानी) : रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।

लेवेण्डर : उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।
रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ ।

बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

टी ट्री स्प्रे : टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

नीमको तेल : नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।

थाइम (अजवाइनको फूल) : थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।
स्वीट फ्लेग : स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना (उडुस भएको ठाउँ)मा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।



साभार – विभन्न अनलाईन पोर्टल

अर्चनालाई लिएर `जिस्म` बनाएकोमा गिरीको पश्चाताप (भिडियो सहित)

- No comments





निर्माण ईजाजत बिना नै छायाँकनमा गएपछि विवादमा आएको फिल्म 'जिस्म' निर्देशक राजु गिरीले आफुले गल्ती गरेको भन्दै पश्चाताप गरेका छन् । बुधबार राजधानीमा एक प्रेस भेटघाटको आयोजना गर्दै गीरीले बजार तताउनको लागी जानाजान गल्ति गरेको स्विकार गर्दै राज्यले बनाएको नियम तोड्नुलाई आफैले अपराध गरेको भान भएको स्विकार गरे ।




अनुमति बिना छायाँकनमा गएपछि चलचित्र विकास वोर्डले प्रहरी लगाएर यो फिल्मको छायाँकन स्थलबाट निर्देशक सहित कलाकारहरुलाई नियन्त्रणमा लिएको थियो । स्वघोषित पोर्न स्टार अर्चना पनेरु लिड अभिनयमा रहेको फिल्मलाई लिएर अर्चना अभिनयमा रहेकै कारण देखाउँदै वोर्डले निर्माण ईजाजत दिएको छैन् ।                   
तर निर्देशक गिरीले आफुले 'जिस्म'सँग जोडिएका सबै कार्य गरेको मा गल्ति गरेको स्विकार गर्दै अब त्यो प्रकारको गल्ति नगर्ने र नियम कानुनसंगल हिसाबले काम गर्ने बोलेका छन् । उनले 'जिस्म'बाट फिल्मको नाम नै परिवर्तन गरी 'अर्चना' बनाएको समेत मिडियामाझ जानकारी गराए ।

यो सबै गल्ति स्विकार गर्दा तथा आगामी दिनमा यो प्रकारको गल्ति नगर्ने प्रतिबद्धता गर्दैगर्दा विकास वोर्डबाट उल्लेखित स्कृप्टमा नै फिल्म बनाउन अनुमति पाउने आशा गिरीको छ । श्रोतका अनुसार गिरीले गल्ति स्विकार गरेको खण्डमा निर्माणको लागी ईजाजत दिन वोर्ड पनि तयार देखिएको छ ।






ज्वाइँका कारण बाबुराम तनावमा

- No comments


जनताबीच पत्यारिलो कार्यक्रमका साथ नयाँ शक्ति अभियानमा लागेका बाबुराम भट्टराई अहिले ज्वाईको कारण तनावमा छन् । हिसिलालाई केन्द्रीय कार्यकारिणी परिषदमा नराख्नु र ज्वाइँले नचाहिँदा काम–कुरामा मन लगाउनुका कारण हो, बाबुराम तनावमा परेको । द्वन्द्वकालदेखिकै सहयोग विश्वदीप पाण्डेले हो, अहिले पनि बाबुरामका कार्यक्रम बनाउने, जनसम्पर्कको काम गर्ने । बाबुरामको आडमा उच्चकोटीका बुर्जुवाले जस्तो विवाह समारोह नै गरे पनि विश्वदीप उनका लागि दाहिने हातैसरह हुन् । तर, हिजोआज ज्वाइँ जेकेन्द्र श्रेष्ठ विश्वदीपलाई हेपेर जनसम्पर्कका काम गर्न म्याडमले आफूलाई अह्राएको भन्दै पन्छाउने प्रयासमा छन् ।




जनताबीच पत्यारिलो कार्यक्रमका साथ नयाँ शक्ति अभियानमा लागेका बाबुराम भट्टराई अहिले ज्वाईको कारण तनावमा छन् । हिसिलालाई केन्द्रीय कार्यकारिणी परिषदमा नराख्नु र ज्वाइँले नचाहिँदा काम–कुरामा मन लगाउनुका कारण हो, बाबुराम तनावमा परेको । द्वन्द्वकालदेखिकै सहयोग विश्वदीप पाण्डेले हो, अहिले पनि बाबुरामका कार्यक्रम बनाउने, जनसम्पर्कको काम गर्ने । बाबुरामको आडमा उच्चकोटीका बुर्जुवाले जस्तो विवाह समारोह नै गरे पनि विश्वदीप उनका लागि दाहिने हातैसरह हुन् । तर, हिजोआज ज्वाइँ जेकेन्द्र श्रेष्ठ विश्वदीपलाई हेपेर जनसम्पर्कका काम गर्न म्याडमले आफूलाई अह्राएको भन्दै पन्छाउने प्रयासमा छन् ।

ज्योति मगरलाई बलत्कार गर्ने धम्की

- No comments


नेपाली लोक गायिक ज्योति मगरलाई बलत्कार गर्ने धम्की आएको छ । उनी लामो समय देखि लोक साँगितिक क्षेत्रमा सक्रिय छिन् । लोक क्षेत्रमा अलि  अश्लिलता भित्र्याएको भन्ने उनलाई आरोप लाग्ने गरेको

बाथ रोग के हो ? कति प्रकारको हुन्छ ? लक्षण के हो ,रोकथाम कसरी गर्ने ? -डाक्टर अरुणकुमार गुप्ता – बाथरोग विशेषज्ञ , नर्भिक अस्पताल

- No comments


हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई बाथरोग भनिन्छ । हुन त बाथ रोगबारे हामीले कयौं दशकदेखि सुन्दै आएका छौं । तर यसबारे अझैंसम्म धेरै मानिसलाई जानकारी छैन । बाथलाई अंग्रेजीमा ‘आर्थराइटिस’ भनिन्छ । बाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो ।तराईतिर यसलाई ‘गठीय’ पनि भनिन्छ । यसले मानव शरीरको अस्थिपञ्जर प्रणलीलाई विशेषतः प्रतिनिधित्व गरेको हुन्छ । शरीरको कुनै पनि हाडजोर्नी, मांशपेसी, नसा दुखेर उत्पति हुने रोग हो ‘बाथ’ । यसले हाडजोर्नीबाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै, मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो, आदिलाई हानी गर्छ । समयमा उपचार नपाए बाथरोगीको ज्यानसमेत लिने गर्छ । यो रोगलाई हेर्ने चिकित्सालाई ‘न्यूमाटोलोेजिष्ट’ भनिन्छ , यो रोग एकै किसिमको हुँदैन । यो एक सयभन्दा बढी किसिमको हुन्छ । बाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा बाथरोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।

हड्डी खाने बाथरोग

मासु खाने बाथरोग

नशा खाने बाथरोग

मुटु खाने बाथरोग

अरु कुनै संक्रमण तथा रोग सँग पनि बाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको बाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै बाथ जटिल प्रकारको हुन्छ । बाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको बाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको बाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।

अन्धविश्वासका कारण कतिपय मानिसले बाथरोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय बाथरोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी बाथरोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले बाथरोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।

हामीले बाथरोगलाई वाथको रोगीलाई बाथ कै डाक्टर भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको बाथरोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । बाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट बाथ उत्पन्न हुनसक्छ ।

साधारणतयाः बाथरोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने बाथरोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।

बाथरोगका लक्षण

शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।

पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने

घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।

कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।

ज्वरो आउने

कपाल झर्ने

मुखमा घाउ हुने

शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने

चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने

मुटु काम्ने

निद्रा नलाग्ने

खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,

अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने

छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने

गर्भ तुहिने

छाती दुख्ने, खकारमा रगत आउने

श्वास लिन गाहे हुने

तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान, रहनसहन आदि कारणले पनि हुन्छ ।

कति वाथ सामान्य हुने गर्छ जस्ले हड्डी खिईने हुन्छ । जसलाई अस्टियोआरथाइटिस भनिन्छ । यो लाखौंमा एक जनालाई हुन्छ, त्यसमा पनि बढी महिलालाई देखिन्छ । हालसम्म नेपालमा वाथका रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सामान्य कारणहरु
–यूरिक एसिड
–अव्यवस्थित जीवनशैली
–खानपान
–रहनसहन
–वंशाणुगत
–अटो इम्युन प्रोसेस

कतिपय वाथ वंशाणुगत कारणले पनि हुन्छ । तर वाथ सरूवा रोग भने होईन वाथको लक्षण देखापर्नासाथ सर्वप्रथम के खाएर वा के गरेर जोर्नी वा शरीर दुखेको हो, त्यसलाई सकेसम्म चाँडो छाड्नुपर्छ । कतिपय वाथ त लक्षण देखिएको केही घण्टा वा महिना दिन भित्रै हड्डी बाङ्गिएर कुँजो हुने स्थितिमा समेत पुग्छ । त्यसकारण वाथको शंका लागेमा जतिसक्दो चाँडो चिकित्सकलाई भेट्नु पर्दछ जसले गर्दा निकोहुने संभावना बढी हुन्छ । वाथको उपचारमा चिकित्सा विज्ञानले आधुनिक उपचार पद्धति र ईन्जेक्सनको विकास गरिसकेको हुनाले वाथलाई अभिशापको रुपमा नहेरी जतिसक्दो चाँडो उपचार गराउन सके नियन्त्रणमा राख्न सकिन्छ ।
समयमै राम्ररी उपचार गराउँदा बाथरोग पूर्ण निको पनि हुन सक्छ । तर, गाउँघरमा अझैं पनि अभिसापको रूपमा लिने, धामीझाँकी लगाउने तथा विभिन्न प्रचलित/अप्रचलित खानेकुरा खाने गरेको पाइन्छ । तर ती कार्यको औषधि विज्ञानमा कुनै आधार छैनन् । तर, अधिकांश मानिसमा बाथ पनि एक किसिमको रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भन्ने बुझाईमा वृद्धि हुँदैं गएको छ । उपचार पद्धतिको विकासले अहिले बाथ रोग न अभिसाप हो न त श्राप नै ।

विज्ञान प्रविधिको प्रगतिले गर्दा हाम्रा हातमा नयाँ–नयाँ औषधि र उपचार पद्दति आईसकेका छन् । बाथरोग पत्ता लगाउन रगतका विभिन्न जाँच तथा एक्स–रे गर्ने गरिन्छ । निक्र्यौल गरिसकेपछि उपचार प्रकृया सुरु हुने हुन्छन् । उपचारको मुख्य लक्ष्य नै रोगीलाई कुँजो हुनबाट बचाउने हो । साथै भविष्यमा मुटु, मिर्गौला, फोक्सो, कलेजो, आँखा तथा छालामा हुने विविध जटिलता वा प्रकोपबाट समयमै बचाउने पनि यसको उद्देश्य हो । त्यसैले बाथरोगबारे जानकारी लिई आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

साभार- स्वास्थ्यखबरबाट

अवैध तरिकाले आमालाइ विदेश लैजानबाट रोक्ने छोरालाइ दलालले कुटे

- No comments


चैत्र १३ – धरान । सुकुम्बासी बस्तीका गरिब महिलाहरुलाई गैरकानुनी तरिकाबाट खाडी मुलुक पठाउने एक दलालले आमालाई लैजान नपाउदा छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेको छ । धरान ११ स्थित सुकुम्बास बस्तीकी ३९ बर्षीय भोजकुमारी राईलाई अवैध तरिकाले विदेश लैजानबाट रोक्ने उनका छोरा अमृतलाई दलाल राजेश बिकले मरणासन्न हुने गरी कुटेका हुन् ।
दलाल बिकको आक्रमणबाट अमृतको अनुहार, आँखामा गम्भीर चोट छ भने शरीरको विभिन्न भागमा पनि चोट छ । ‘एमआरपी बनिसकेको’ भन्दै दलाल बिक काठमाण्डौं जाने बसको टिकटसहित सोमबार बिहान भोजकुमारीको घर पुगेका थिए । आमालाई अवैधरुपमा खाडी मुलुक लैजान लागेको सुइको पाएपछि १६ बर्षी छोरा अमृतले टिकट च्यातेर दलाललाई घरबाट धपाएका थिए । त्यही झोकमा दिउसो पसल जादै गरेको बेला दलालले अमृतलाई मरणासन्न हुने गरि कुटे । ‘बिहान टिकट लिएर राजेश घरमा आएको थियो । छोराले कुवेत जान लागेको थाह पाएर टिकट च्यातिदियो । दिउसो त बाटो ढुकेर छोरालाई नै कुटेछ’–इलाका प्रहरी कार्यालयमा जाहेरी दिन आइपुगेकी भोजकुमारीले भनिन्–‘दिल्ली हुदै अवैध तरिकाले कुवेत पठाउन लागेको थाह पाएर म जान्न भनेको थिएँ, बिहान त एमएरपी बनिसक्यो, नगई हुदैन भन्दै दलाल घर आएको थियो ।’
पौरखी नेपालको सहयोगमा पीडितको जाहेरी पछि इलाका प्रहरी कार्यालय धरानले दलाल बिकलाई सोमबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । अमृतले च्यातेको टिकटमा भोजकुमारीको नाम कुमारी लिम्बु उल्लेख भएकोले नागरिकता र एमआरपी नै नक्कली बनाइदिएको हुनसक्ने आशंका छ । छिमेकी कल्पना राईमार्फत भोजकुमारीको भेट करिब दुई साता अघि दलाल राजेशसँग भेट भएको थियो । कुवेत जान खर्च नलाग्ने र मासिक ४० हजार तलब हुने बिकले आश्वासन दिएपछि उनी तयार भइन् । दलाल बिकले नै १३ हजार जति खर्च गरेर उनको एमआरपी र मेडिकल रिपोर्ट पनि तयार गरिदियो । कुवेत उडाउने भन्दै कल्पना र भोजकुमारीलाई चैत १ गते बिकले धरानबाट काठमाण्डौं पठाइदिएका थिए । उनीहरुलाई कोटेश्वरबाट एजेण्ट भनिएकी पुजा राईले लिएर गइन् ।


भोजकुमारी करिब दश बर्षअघि नै ओमनमा २ बर्ष बसेर फर्किएकी थिइन् । त्यसैले काठमाण्डौंबाट सिधै कुवेत उडाए मात्रै जाने अडान लिएपछि एजेण्ट पुजाले नयाँलाई दिल्लीबाट र पुरानो(एक पटक विदेश गइसकेको)लाई सिधै काठमाण्डौंबाट उडाउने आश्वासन दिए । तर वैध बाटोबाट सिधै कुवेत उडाउला भन्नेमा उनी विश्वस्त भइनन् । काठमाण्डौं पुगेको तीन दिन पछि(चैत ४ गते) नै भोजकुमारी घर फर्किइन् । कल्पनालाई पनि घर फर्किउ भन्दा नमानेको उनले बताइन् । ‘मैले दिल्ली हुदै त जान्न भने । पुजाले नयाँलाई मात्रै दिल्लीबाट उडाउने भनेपनि चित्त बुझेन र ४ गते घर फर्किए’–उनले भनिन्–‘राजेशले धरानबाट ५ जना महिलालाई काठमाण्डौं लगेको रहेछ, अरु उतै छन् ।’
वैदेशिक रोजगारबारे सचेतनामुलक अभियान चलाउने पौरखी नेपालकी शाखा अध्यक्ष चेतना श्रेङका अनुसार मेनपावर कम्पनी दर्ता गरेपछि शाखा खोल्न वा एजेण्ट राख्न पनि आधिकारिकरुपमा अनुमति लिएको हुनुपर्छ । तर, पुजा राई र राजेश दुवैले अवैधरुपमा महिला संकलन गरेर दिल्ली हुदै खाडी मुलुकमा मानव तस्करी गरिरहेको उनको दाबी छ । ‘ऐन, कानुनले अन्र्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाहेक अन्य देशको एयरपोर्टबाट वैदेशिक रोजगारीमा पठाउनु गैरकानुनी मानेको छ । राजेशले त आफै पैसा हालेर नागरिकता, एमआरपी, मेडिकल रिपोर्ट निकालिदिनुले पनि गैरकानुनी हो भन्ने प्रष्टै छ, यिनीहरु अवैधरुपमा खाडीमा लगेर महिलालाई बिक्री गर्ने गिरोह नै हो’–उनले भनिन् ।
इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठले जाहेरी आएपछि दलाल बिकलाई पक्राउ गरिएको र अवैधरुपमा महिला विदेश पठाउन पुजा राई पनि संलग्न रहेको खुलेपछि भोजकुमारीसहित महिला प्रहरी सोमबार राती नै काठमाण्डौं पठाएको बताए । ‘भोजकुमारीको साथमा महिला प्रहरीलाई राती नै काठमाण्डौं पठाएका छौं, पुजा राई पक्राउ गरेर ल्याएपछि विस्तृत जानकारी दिन्छौं’–प्रहरी निरीक्षक श्रेष्ठे भने ।
श्रीमान्लाई थाहै नदिई विदेश
भोजकुमारीसँगै काठमाण्डौं पुगेकी धरान ११, मकालु वस्तीकी कल्पना राई त आफ्ना श्रीमान्लाई समेत सुइको नदिई विदेशिन लागेकी हुन् । घर निर्माण मजदुरी काम गर्ने उनका श्रीमान् प्रेमकमार घरमा नभएको मौकामा उनी चैत १ गते भोजकुमारीसँग काठमाण्डौं गएकी थिइन् । उनलाई पनि दलाल राजेश बिकले नै धरानबाट टिकट काटेर पठाइदिएका थिए ।
श्रीमान् प्रेमकुमारका अनुसार कल्पनाले घरमा भएको एउटा फ्रिज बिक्री गरेर हिडेकी हुन् । श्रीमतिको नागरिकता आफुसँग सुरक्षित रहेको भन्दै उनले दलालले नै प्रतिलिपी निकालेर एमआरपी पनि बनाइदिएको उनले बताए । ‘मलाई केही थाहै नदिई कुवेत जाने तयारी गरेको रहेछ, चैत १ गते पनि घरको फ्रिज के कतिमा बेचेर हिडेछ’–प्रेमकुमारले भने–‘अहिले काठमाण्डौंमा छ भन्ने सुनेको छुँ ।’ उनले चैत ३ गते प्रहरीमा खोजतलाश गरिपाउ भन्दै निवेदन दिएका थिए । कल्पनासँगै काठमाण्डौं पुगेर फर्किएकी भोजकुमारीलाई लिएर प्रहरीको एक टोली दलाल पुजालाई पक्राउ गर्न र कल्पनालाई फर्काउन सोमबार राती नै काठमाण्डौं पुगिसकेको खबर मेरो धरान डटकममा प्रकासित छ ।

आवज किन निकाल्छन त महिलाहरु सेक्स गरेको बेला??

- No comments








अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

पोखरामा ठुलो बाढी

- No comments





सेकेन्द हेन्ड भने पछि केटा त कुले लाम

- No comments

कोकिन ट्रान्जिट बन्दै काठमाडौं

- No comments
काठमाडौं-ब्राजिल, दुबई हुँदै काठमाडौं आइपुगेकी साउथ अफ्रिकी ३७ वर्षीया युवती एमपाथोनी एमसाइन त्रिभुवन विमानस्थलको आगमन कक्षबाटै सहजै बाहिरिइन् ।

फ्लाई दुबईबाट चैत ११ गते विमानस्थल उत्रिएकी उनको साथमा केही कपडा र केही बट्टा स्याम्पु थिए । भन्सार जाँचमा कुनै अवरोध भएन, उनी ट्याक्सी लिएर सरासर ठमेल पुगिन् र एउटा होटलमा बसिन् ।


त्यसको तीन दिनपछि १४ गते एमसाइन बसेकै होटलमा आइपुगिन्, भारत नागाल्यान्डकी ४१ वर्षीया मेर्सी । दुवै जना होटलको एउटै कोठा थिए, त्यतिबेलै सादा पोसाकमा लागुऔषध नियन्त्रण ब्युरो टोली पुग्यो । टोलीले दुवै जनालाई सामानसहित नियन्त्रणमा लिएर कोटेश्वरस्थित कार्यालय पुर्यायो ।

बरामद स्याम्पुको बट्टामध्ये चार वटामा रहेको झोल जाँच्दा त्यो पदार्थ नुहाउने होइन, लागुऔषध कोकिन पो रहेछ ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार अफ्रिकी युवती एमपाथोनी कोकिन तस्करीमा सक्रिय समूहकी सक्रिय भरिया हुन् । अनुसन्धानमा खुल्यो– ब्राजिल र पेरुको कोकिन भारत, फिलिपिन्स हुँदै युरोपेली देशसम्म पुर्याउँदै आएकी उनी पहिलोपटक नेपाल आएकी रहिछन् ।

प्रहरीलाई एमपाथोनीले दिएको बयानअनुसार उनी ४० हजार र्यान्ड (नेपाली २ लाख ७३ हजार) पाउने सर्तमा नेपाल आएकी थिइन् । स्याम्पुभित्र कोकिन छ भन्ने उनलाई राम्ररी थाहा थियो ।

चैत १ मा दक्षिण अफ्रिकाबाट दुबई हुँदै ब्राजिल पुगेकी उनी कोकिनको झोल भरिएको स्याम्पुको बट्टा बोकेर पुनः दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन् । प्रहरीका अनुसार त्यही कोकिन भारत हुँदै तेस्रो मुलुक पुर्याउन भारत, नागाल्यान्डकी मेर्सी स्थलमार्गबाट काठमाडौं आएकी थिइन् ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा ब्राजिलबाट आएको कोकिन दिल्ली–इटली हुँदै नेदरल्यान्ड पुर्याउने जिम्मा भारतीयको थियो । मेर्सीलाई भने आफू तस्करको काम गर्दैछु भन्ने थाहा थिएन ।

'मलाई एक परिचितले नेपालमा स्याम्पु र केही विदेशी कपडा आएको छ, त्यो लिएर आइज भनेर पठाएका हुन्,' मेर्सीको बयान उद्धृत गर्दै ब्युरोका प्रहरीले भने, '१५ हजार भारु दिएर नेपाल पठाएका थिए, स्याम्पुमा के थियो भन्ने मलाई थाहा थिएन ।'

विमानस्थलबाट सहजै उम्किए पनि एमपाथोनीको गतिविधि निगरानीबाहिर थिएन । लागुऔषध कारोबार अनुगमन गरिरहेकाको नजरमा उनी परिसकेकी थिइन् । ब्युरोले जब दोस्रो सहयोगी मेर्सी आइपुगेको सूचना पायो, होटल पुगेर दुवैलाई पक्राउ गर्यो ।

'एमपाथोनी अर्की भरियालाई कोकिन बुझाएर साउथ अफ्रिका फर्किंदै रहिछ,' चन्दले भने, 'समयमा सूचना आउँदा दुवै फर्किन भ्याएनन् ।'

प्रहरीका अनुसार ब्युरोको हिरासतमा रहेकी दुई सन्तानकी आमा एमपाथोनी छोरा र छोरी सम्झेर रोइरहन्छिन् । उनीसँगै पक्राउ परेकी मेर्सी भने तीन सन्तानकी आमा हुन् । प्रारम्भिक बयानमा दुवैले आफूहरु कोकिन तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सहयोगी –भरिया) रहेको स्विकारेका छन् । मेर्सी त १९ वर्षे छोरीसहित आएकी थिइन् काठमाडौं ।

ब्युरो एसएसपी गणेश केसीका अनुसार नेपाल कोकिन बजार भने होइन । युरोपेली देशको लागुऔषध बजारसम्म पुर्याउन मात्र अन्तर्राष्ट्रिय कारोबारीले नेपाललाई आफ्नो रुटमा पारेका हुन् । चरेस, हेरोइन नेपाल हुँदै अन्य देश भित्रिने गरे पनि कोकिनको चल्तीको रुट नभएकाले अन्तर्राष्ट्रिय कारोबारीले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएको प्रहरी भनाइ छ ।

ब्युरो अधिकारीका अनुसार कोकिन तस्करमा सक्रिय समूहले पेरु, ब्राजिलको कोकिन युरोपेली देश पुर्याउन नाइजेरिया, फिलिपिन्स, दुबई हुँदै नेपाललाई ट्रान्जिट रुट बनाउने गरेको खुलेको छ । भारतको दिल्ली, मलेसिया, थाइल्यान्ड, इटली हुँदै युरोपेली मुलुक पुर्याउन नेपालमा कोकिन भित्रिने गरेको अनुसन्धान अधिकारीको निष्कर्ष छ ।

'अहिलेसम्मको अनुसन्धानमा नेपाल ट्रान्जिट मात्र हो,' केसीले भने, 'नेपाल कोकिन तस्करीको चल्तीको रुट नभएकाले निगरानी कम हुने भन्दै अन्तर्राष्ट्रिय समूहले नेपाललाई रुटमा पारेको देखिन्छ ।'

४ वर्षमा १९ किलो, ८ भरिया

नेपालमा कोकिन फेला परेको यो पहिलो घटना भने होइन । चार वर्ष अगाडिबाट नेपालमा कोकिनका भरिया पक्राउ पर्न थालेका हुन् । नेपालमा मलेसियन, नामिबियन, पाकिस्तानी, फिलिपिनो र थाई नागरिक कोकिनसहित पक्राउ परीसकेका छन् । सोमबारको पक्राउ घटनापछि भारतीय र दक्षिण अफ्रिकी नागरिकसमेत जोडिए ।

पहिलोपटक २०६८ मा थाई नागरिक सुपरेट्टा मेकेन्टोस कोकिनसहित पक्राउ परेकी थिइन् । उनको पक्राउपछि हेरोइन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँगै कोकिन तस्करले समेत नेपाललाई ट्रान्जिट बनाएको खुलेको थियो ।

कतार एयरबाट अर्जेन्टिना, ब्युनर्सआयर्स हुँदै नेपाल आइपुगेकी सुपरेट्टा पुस २० मा काठमाडौं आएर केही दिन बसी पुनः क्वालालाम्पुर जान विमानस्थल पुग्दा एक किलो कोकिनसहित पक्राउ परेकी थिइन् ।

२०७० फागुन ६ मा २ हजार ८ सय ३० ग्राम कोकिनसहित पाकिस्तानी नागरिक आइसा हुसेन र लुइस अर्थर निही र फिलिपिनी क्रिस्टिना बेयर हेरा पक्राउ परेका थिए । उनीहरु ठमेलको चाक्सीबारीको टेकर्स होम होटलमा पक्राउ परेका थिए ।

दुई किलो कोकिन निलेर दुबई हुँदै काठमाडौं उत्रिएका नामिबियाका रेमन्ड जुंगु ओपेल २०७१ जेठ २३ मा विमानस्थलमै पक्राउ परेका थिए । मलेसियाकी मारिना बिन्ती जमाउद्दिन २०७१ चैत २० मा ११ किलो कोकिनसहित पक्राउ परेकी थिइन् । दोहा हुँदै नेपाल आएकी उनी कोकिनसहित सहजै बाहिरिएर नेपालमा दुई दिन बसिन् । सोही कोकिन बोकेर इटलीको रोम जान विमानस्थल पुग्दा उनी पक्राउ परेकी थिइन् ।

टुनाफिस, क्याप्सुल हुँदै झोल

नेपालमा फेला परेको पहिलो कोकिन टुनाफिसको बट्टामा लुकाइएको थियो । पाकिस्तानी र फिलिपिनोले स्याम्पु, कन्डिसन र लोसनको बट्टामा पाउडर कोकिन ल्याएका थिए । नामिबियन रेमन्डले पाउडर क्याप्सुल ल्याएका थिए, मलेसियाकी मारिनाले ल्यापटप ब्यागमा पाउडर नै लुकाएकी थिइन् । सोमबार भने स्याम्पुको बट्टामा झोल कोकिन फेला पर्यो जुन नेपालमा पहिलो घटना हो ।

इनसाइडक्राइम डटओआरजीका अनुसार बोलेभियन तस्कर समूहले सन् २०१४ बाट लागुऔषध तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहले पक्राउबाट जोगिन पाउडर कोकिनको साटो झोल कोकिन प्रयोग गर्न थालेका हुन् । यसबीच जुसको बोतल, रम, ट्रान्सफर्मर तेल, मेसिनरी सामग्रीमा लुकाएको झोल कोकिन फेला पर्ने गरेका छन् । २०१५, डिसेम्बर २२ मा कोलम्बिया हुँदै हङकङ आइपुगेको मेसिनरी सामग्रीमा ६२ किलो झोल कोकिन फेला परको थियो ।

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा एक महिला कोकिनको झोलसहित पक्राउ परेको घटनाले विश्वभर चर्चा पायो । हुन्डुरसकी एक युवतीले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर समेत तीन पाउन्ड झोल कोकिन बोकेकी थिइन् ।

ब्युरोका एसपी धीरजप्रताप सिंहका अनुसार उक्त घटनापछि लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संगठनले ब्युरोलाई उक्त घटनाबारे जानकारी दिँदै पछिल्लो समय झोल कोकिनको तस्करी बढेको भन्दै सचेत हुन आग्रह गरेको थियो । सूचना आएको ८ महिनामै नेपालमा झोल कोकिन फेला पर्यो ।

source nagariknews

छिनछिनमै पिसाब लाग्नुका अपत्यारिला कारणहरू

- No comments


कुशल श्रेष्ठ

बानी भनौँ या बाध्यता, कसै-कसैलाई सामान्य भन्दा बढि नै पिसाब लागिरा’को हुन्छ। घरमै बसिराख्दा पनि आधा-आधा घण्टामा अथवा पन्ध्र-पन्ध्र मिनेटमा बाथरुम छिर्नै पर्ने हुन्छ। पानी बढि भएको होला भनेर कम पानी खान थाल्दा पनि पिसाबयन्त्रले पत्तो पाउँदैन।

यस्तो अवस्थाबाट गुज्रिने सोँचेको भन्दा धेरै जना हुन्छन्। तर किन हुन्छ यस्तो?






आजको अङ्कमा हामी तपाईँहरूलाई ‘छिनछिनमै पिसाब किन लागिरहन्छ?‘ भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ।
१. सामान्य बानीलाई नै तपाईँले नचिन्नुभएको हो कि?

हुन त तपाईँलाई ‘धेरै’ जस्तो लाग्न सक्छ, तर तपाईँले दिनमा पिउनुभएको तरल पदार्थको मात्रालाई तुलना गर्ने हो भने, दिनमा ८ चोटिसम्म पिसाब लाग्नु भनेको ‘सामान्य’ नै हो। झ्याउ लाग्न छुट्टै कुरा हो, तर रातिको बेला एक चोटि पिसाब लाग्नु भनेको पनि सामान्य नै हो। यदि तपाईँलाई आफ्नो बानीप्रति विश्वास नलागे, कति-कति बेला पिसाब लाग्छ नोटमा टिपेर राख्नुहोस् अनि तुलना गर्नुहोस्।


२. थैली नै सानो पनि हुन सक्छ

छिनछिनमा पिसाब गरिराख्नुपर्नेहरूको यो राम्रो बाहना हो- “मेरो थैली नै सानो छ!” तर यो सत्य कुरा नै हो। शारीरिक बनावटलाई हेर्ने हो भने, सबैको शरीर फरक-फरक हुन्छ। जसरी कोहि अग्लो कोहि होँचो हुन्छ, त्यसरी नै कसैको पिसाब थैली सानो त कसैको ठूलो हुन्छ।

सामान्तयताः एउटा व्यक्तिको पिसाब थैलीले २ कप पिसाब थाम्न सक्छ, त्यो भनेको ३०० देखि ४०० मिलिलिटर हो। यदि तपाईँलाई आफ्नो पिसाब थैली सानो छ जस्तो लाग्छ भने जाँच पनि गर्न सक्नुहुन्छ। एउटा कप लिनुहोस् र नाप्नुहोस्।


यदि साँच्ची नै तपाईँको थैली सानो छ भने त्यसलाई तपाईँले ट्रेनिङ्ग पनि गर्न सक्नुहुन्छ, धेरै थाम्नको लागि। सबैभन्दा बढि पिसाब थाम्न सक्ने मानिसहरूको आँकडा हेर्दा शिक्षक र नर्सले बढि थाम्न सक्दोरहेछन्। हाम्रो थैलीको खास कुरा नै त्यहि हो, जब भरिन्छ तब तन्किन्छ।

फेरि पिसाब थामेर बस्नु हुँदैन भनेर कत्तिले जति बेला मन लाग्यो उतिबेला बाथरुम छिर्ने गर्छन्। “तर यसो गर्दा थैलीको बानी बिग्रिन्छ।”, मूत्रविशेषज्ञ भन्छन्- “थामेर राख्नु र तन्काउनु भनेको फरक कुरा हो। हाम्रो थैलीलाई ट्रेनिङ्ग दिन सकिन्छ।” (तर दुख्ने गरी नै थामेर बस्नु चाहिँ खतरनाक हुन्छ- हेर्नुहोस् पिसाब धेरैबेरसम्म थामेर किन बस्नुहुँदैन?)

हाम्रो थैलीलाई धेरैबेरसम्म थामेर बस्नको लागि यसरी ट्रेनिङ्ग दिन सकिन्छ-
मन लागेपनि नलागेपनि २/३ दिनसम्म ३०-३० मिनेटमा पिसाब गर्न जानुहोस्।
अब त्यसमा १५ मिनेट थपेर हरेक ४५ मिनेटमा पिसाब गर्नुहोस्, ३/४ दिनसम्म यसलाई निरन्तरता दिनुहोस्।
फेरि त्यसमा १५ मिनेट थपेर हरेक घण्टामा पिसाब गर्नुहोस्।
यसरी १५-१५ मिनेट थप्दै आफ्नो थैलीलाई ट्रेन गर्न सकिन्छ।
३. कतै चाहिने भन्दा थोरै पानी त पिउनुभएको छैन?

हो, यदि तपाईँलाई छिनछिनमै पिसाब लागिराख्ने समस्या छ भने तपाईँको शरीरमा पानीको मात्रा कमि पनि भएको हुन सक्छ। “जब पानी कम पिइन्छ, तब हाम्रो पिसाब त्यति नै बढि बाक्लो हुन्छ, जसमा एसिडको मात्रा बढि हुन्छ। त्यसैले गर्दा थैलीलाई जलन हुन थाल्छ र पिसाब लागेको महशुस हुन्छ।”, ग्रिनलिफ भन्छन्। त्यसैले अलि बढि पानी पिएर विचार गर्नुहोस्, धेरै बेरसम्म थाम्न पनि सक्नुहुन्छ।

फेरि एकैचोटि धेरै पानी पिउँदा पनि राम्रो हुँदैन। ठिक्क पिउनुहोस् ताकि तपाईँको पिसाबको रङ्ग खैरो परालको जस्तो होस्।
(पिसाबको रङ्गबाट शरीरमा के भैरहेको छ थाहा पाउनुहोस्।)
४. थैलीमा सङ्क्रमण अथवा मृगौलाको पत्थरी त भएको छैन?

पिसाबथैलीको सङ्क्रमण र मृगौलामा पत्थरी हुँदा पनि थैलीमा जलन गराउँदछ र सामान्यभन्दा बढि पिसाब लाग्न सक्छ। तर फेरि दुवैको लक्षण पनि फरक फरक हुन्छ। विशेष गरी मृगौलाको पत्थरी हुँदा कम्मर पछाडि अत्याधिक दुख्छ भने थैलीको सङ्क्रमण हुँदा जतिबेला पनि तुरुन्तै पिसाब गर्नैपर्ने अवस्था सृजना हुन्छ र पिसाब गर्दा पीडा पनि हुन्छ। कसै-कसैको पिसाबमा रगत पनि देखिन सक्छ। त्यसैले यस्ता सङ्केतहरूमा विशेष ध्यान दिनुपर्दछ।
(मृगौलाको पत्थरी हुँदा कस्ता सङ्केतहरू देखिन्छन्?)
५. कतै तपाईँलाई मधुमेह त भएको छैन?

माथिका कुनै पनि कारणले तपाईँलाई धेरै पिसाब लागेको होइन जस्तो लाग्छ भने तपाईँलाई मधुमेह भएको हुन सक्ने बढि सम्भावना हुन्छ। यदि रगतमा सुगरको मात्रा बढि छ भने मृगौलाले ती सबै सुगरलाई छान्न सक्दैन र केहि मात्रा पिसाबथैलीमा खसाल्न सक्छ। जसको कारण त्यो सुगरले शरीरबाट बढि पानी सोस्दछ र बढि पिसाब पैदा गराउँदछ। यस्तो बेलामा गुलियो चकलेट अथवा कुनै गुलियो खानेकुरा खाँदा पनि पिसाब लागेको महशुस हुन्छ। “यो थैलीको समस्या होइन, यो त मधुमेहको सङ्केत हो।”, विषेशज्ञ भन्छन्। त्यसैले तुरुन्तै चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ।
(मधुमेहको लक्षण तथा उपचार विधि यस्ता छन्)

कुर्कुच्चा फुटेको छ ? येसो गर्नुस

- No comments


कुर्कुच्चा फुटेर बाक्लो अनि कडा सेतो छालाको लेउ लाग्ने समस्याले अधिकांशलाई सताइरहेको हुन्छ। वृद्धवृद्धाहरूलाई मात्रै नभएर युवा तथा प्रौढहरूमा पनि यस्तो समस्या आउन सक्दछ। सबैले यसलाई ‘कुर्कुच्चा फुटेको’ भन्छन्, तर खासमा यो ‘फुटेको’ होइन। यहि नै शरीरको प्रतिरक्षा प्रणाली हो। तर यसलाई बेलैमा सफा नगरे, यसले विकराल रूप लिन सक्छ र निको नहुने गरी त्यहिँ टाँस्सिएर बस्न सक्छ।

जब हाम्रो शरीरको कुनै अङ्ग र अर्को कुनै कडा वस्तुको नियमित घर्षण भइरहन्छ भने हाम्रो कोमल अनि नरम छालाले आफूलाई त्यस वस्तुबाट बचाउनको लागि कडा छालाको रक्षात्मक बाँध लगाउँदछ। यो कडा छालालाई ‘क्यालस’ (callus) भनिन्छ र यो विशेष गरी खुट्टा र हातमा आउने गर्दछ।



१. चिनी
आधा गिलास चिनी एउटा भाँडामा राख्नुहोस्।
त्यसमा चिनीको आधा भागजति मनतातो पानी अथवा ग्लिसिरिन अथवा नरीवलको तेल राखेर घोल्नुहोस् र बाक्लो लेदो बनाउनुहोस्। यस मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुन्छ।
यस मिश्रणलाई क्यालस लागेको कुर्कुच्चा अथवा फुटेको छालामा दैनिक लगाउँदा छालालाई नरम बनाउनको साथै सफा पनि बनाउँदछ।


२. भुइँकटहर
भुइँकटहर तास्नेबित्तीकै त्यसको बोक्राले फुटेको छाला अथवा कुर्कुच्चालाई पूर्ण रूपमा ढाक्नुहोस् र नरम कपडाले बाँधिदिनुहोस्।
केहि घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् र १ हप्तासम्म दैनिक यसो गर्नाले भुइँकटहरको बोक्रामा हुने इन्जाइम र एसिडले फुटेको ठाउँलाई निको बनाउँदछ।


३. बेकिङ्ग सोडा

फुटेको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा राम्रो उपाय भनेको ‘मनतातो पानीले भिजाउनु’ नै हो। यसले कडा छालाई नरम बनाई निको हुन मद्दत गर्दछ। साथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर पनि कुर्कुच्चालाई त्यसमा डुबाउन सक्नुहुन्छ।

वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ !

- No comments







तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईंको मोबाइल फोन ब्लक नै हुन सक्छ ।
तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक आइएमईआई नम्बर नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।

प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण पहिचान दर्ताको अन्तरिम कार्यविधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइल ब्लक गरिने उल्लेख छ ।
तर, हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् । अर्थात्, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर नभएको पाइएमा सेवाप्रदायकले ६ महिनाभित्र त्यसको जानकारी प्रयोगकर्तालाई दिनेछन् । त्यसपछि प्रयोगकर्ताले प्राधिकरणमा गएर मोबाइलको आइएमइआई नम्बर लिन सक्नेछन् । आजको नयाँ पत्रिका दैनिकमा न्युज छ ।


पाँच रुपैयाँको चिया बेचेर १० लाखको घरेडी !

- No comments


अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला रु रु १०, १५, २० वा त्यो भन्दा बढी । तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आएका छन् ।



पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि वढाएका छैनन । ६५ रुपैयाँ लिटरको दुग्ध, ७० रुपैयाँ किलो चिनी र इन्धनको अभावमा समेत उनले पाँच रुपैयाँ कप चिया बेच्दै आएका हुन् ।
करिब तीन दशकसम्म खेती गर्दा पनि आर्थिक लाभ नभएपछि सञ्जेलले करिब १० वर्षअघि विराटचोकमा चिया पसल थालेका थिए । पाँच रुपैया कप बजारको मूल्य हँुदा उहाँले एक रुपैयाँ कप चिया बेच्न थालेका थिए। ५० वर्षीय सञ्जेलको चिया पसलबाहेक अरू कुनै व्यवसाय छैन । सो चिया पसल गरेरै सञ्जेलले विराटचोकमा रु १० लाखमा घडेरी किनेका छन ।

त्यति मात्र होइन उहाँले चिया पसलबाटै भएको आम्दानीले दुईवटी छोरीको विवाह गरेको सुनाए । लीलाप्रसाद सङ्खुवासभा जिल्लाको आँखीभुइँबाट २०३३ सालमा तराई झरेका थिए ।
source :NS

साइनबोर्ड एउटा धन्दा अर्कै, यसरी राजधानीमा अर्कै साइनबोर्ड राखी यौनधन्दा संचालन .

- No comments



फलानो मेनपावर कम्पनी ! फलानो ब्युटिपार्लर ! फलानो खाजापसल ! साइनबोर्डमा यस्तो लेखिएको हुन्छ । तर, लेखिएअनुसार नै काम हुन्छ भन्न कहाँ सकिन्छ र ? राजधानीमा एकथरी पेशा वा व्यवसायको साइनबोर्ड झुन्ड्याएर अर्कै थरी धन्दा गर्नेहरूको बिगबिगी छ । खाजापसलमा खाजाको सट्टा यौनप्यास मेट्ने सुविधा उपलब्ध हुनसक्छ । अम्मर जिसी र अनिल यादवले विभिन्न आवरणमा हुने राजधानीको यौन व्यापारका अनेक पक्ष नियालेका छन् । काठमाडौँ, कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ 'सोसाइटल ओभरसिज सर्भिसेज प्रालि' लेखिएको साइनबोर्ड देख्न सकिन्छ । साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौन व्यापार भइरहेको थियो । जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौनकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत 'सेवा' पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो । पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् । नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् । खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ । एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ । उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् । 'अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,' अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, 'यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।' खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् । झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् । यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, 'घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।' उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू 'दिन दुगुना, रात चौगुना' महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ । ००० सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्, 'यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् । गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर 'एक्स्ट्रा टिप्स' पाइरहेका छन् ।' उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा 'डेलिभर' पनि भइरहेको छ । 'जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?' सरकारलाई सञ्चालिकाको प्रश्न छ, 'हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?' पार्लरमा सुन्दर हुन आउने ग्राहककै 'डिमान्ड'का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ । 'सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम बन्द हुन सक्दैन,' उनी कडा रूपमा प्रस्तुत हुन्छिन्, 'व्यवस्थित गर्नतिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थुन्दैमा डराउनेवाला छैनौँ ।' कैयौँ पटक प्रहरी खोरमा पर्दै÷छुट्दै गरेको अनुभवले उनी खारिएकी छिन् । आवरण बदलिरहने धन्दा IMG 9628 copy मेनपावर, पार्लर, खाजापसल, कस्मेटिक, सैलुन, होटल, बार, मसाज, स्पा...। यस्ता कैयौँ आवरणमा यौनधन्दा चलिरहेको छ । धन्दावालहरू चौपट्टै बाठा छन् । जो देखाउने दाँत अर्थात् आवरण बदलेको बदल्यै हुन्छन् । ग्राहकसँग साक्षात्कार गर्ने जुक्ति र माध्यम अनौठा लाग्छन् । प्रहरी र धन्दावालाहरूबीच बेलाबेला लुकामारी चलिरहन्छ । बदलिइरहने आवरणले यौनधन्दा पहिचान गर्नै गाह्रो पर्ने गरेको प्रहरी बताउँछ । 'धन्दावालाहरू हामी (प्रहरी) भन्दा धेरै बाठा छन्,' महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी नरहरि रेग्मी स्वीकार्छन्, 'पहिचान भइहाले पनि तह लगाउनै मुस्किल छ ।' प्रहरीका अनुसार धन्दावालाहरूलाई सार्वजनिक अपराधभन्दा ठूलो सजाय हुने मुद्दा चलाउन सकिन्न । सार्वजनिक अपराध मुद्दा चलाउन पनि संस्थागत रूपमा पेशेवर तवरले लागेकाहरूलाई भन्दा अरूलाई गाह्रो छ । पछिल्लो समय संस्थागत तवरले भन्दा व्यक्तिगत सम्पर्क र 'बार्गेनिङ'मा देह व्यापार गर्ने धेरै छन् । मेनपावरका नाममा यौनधन्दा चलाइरहेका सञ्चालकहरूविरुद्ध महानगरीय प्रहरी कालिमाटी वृत्तले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइरहेको छ । 'त्यहीँ काम गरिरहेका पीडित महिलाहरूले दिएको उजुरीका आधारमा मुद्दा अघि बढाएका छौँ,' वृत्तका डीएसपी हेम थापाले भने, 'मेनपावरमा जागिर लगाइदिने आश्वासन दिएर शरीर बेच्न बाध्य पारेको पीडित महिलाहरूको भनाइ छ ।' डीएसपी थापाका अनुसार धन्दावालाहरूले महिनामा पाँच हजार रुपैयाँ तलब दिने भन्दै १८÷१९ वर्ष उमेरका किशोरीहरूलाई यौनकार्यमा लाग्न बाध्य पारेका थिए । संस्थागत तवरले चलेका यौनधन्दा बाहेकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ । 'धन्दाको सूचना पाएसम्म रेड हान्ने हो,' डीएसपी थापाले भने, 'सार्वजनिक अपराध मुद्दा चलाएर बढीमा २५ दिन थुनामा राख्यो । फेरि सुरु गरिहाल्छन् । अझ व्यक्तिगत सम्पर्कमा धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउनै मुस्किल छ ।' डीएसपी थापाका अनुसार पछिल्लो पटक छापा हानिएको मेनपावरले यौनकर्मी र विदेश जाने कामदार दुवैको दलाली गरिरहेको थियो । विदेश जाने र आउने कामदारलाई यौनकर्मी मिलाइदिएर महँगो रकमसमेत असुलिरहेको थियो । 'फ्ल्याट'को यौनधन्दा सदाबहार सामान्य मान्छेको पहुँच कमै हुने 'फ्ल्याट'को यौनधन्दा शहरका लागि सदाबहार बनिसकेको छ । बलियो 'सेटिङ'का भरमा चलाइएका यस्ता फ्ल्याटमा प्रहरीले वास्ता गर्दैन । फ्ल्याटमा रेगुलर ग्राहक धेरै जान्छन् । टोले गुण्डाहरूको समेत सहयोग हुने भएकाले ढुक्कसँग व्यवसाय चलाउँछन् । काठमाडौँ, नारायणटारस्थित एक फ्ल्याटबाट निस्कँदै गरेका ग्राहकले भने, 'बरु महँगै तिर्ने हो । ढुक्कसँग मज्जा लिइन्छ । यहाँ त पुलिस, गुण्डा कसैको टेन्सन हुँदैन । जो पायो त्यही आउने पनि चान्स कम हुन्छ ।' ग्राहकहरूका अनुसार अझ फ्ल्याटमा भन्दा अपार्टमेन्टमा सञ्चालित कोठीहरू सुरक्षित र आरामदायी हुन्छन् । यौनधन्दाविरुद्ध प्रभावकारी कदम चाल्न प्रहरीलाई पनि गाह्रो छ भन्छन्, प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पोल्मीमगर । 'ग्राहक खोज्न सडकमै उत्रनेहरूलाई लखेट्न सक्छौँ, सम्झाउन सक्छौँ,' उनले भने, 'कोठी नै खोलेर बस्नेलाई सार्वजनिक मुद्दा चलाइन्छ । यसलाई उनीहरू सामान्य रूपमा लिन्छन् । नैतिकता हुनेले पो थाहा पाउँछ, सार्वजनिक मुद्दा कति गम्भीर हो भनेर ।' सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र राठौरका अनुसार यौनधन्दाको निगरानी राख्नु यहाँको प्रहरीको 'डेली रुटिन' हो । 'यस्ता धन्दाहरू घरबेटी, सञ्चालक, कामदार, ग्राहक धेरै पक्षको सहमतिमा थरीथरी आवरणमा चलेका हुन्छन्,' उनले भने, 'त्यस्ता धन्दालाई बन्दै गराउन गाह्रो पर्छ । तर, सूचना पाएसम्म धन्दा रोक्ने काम गरिरहेकै हुन्छौँ ।' गौशाला वृत्तका डीएसपी नवराज कार्की छुट्टै टिम बनाएर यौनधन्दा बन्द गराउन लाग्ने योजना सुनाउँछन् । प्रहरीका अनुसार जुनसुकै आवरणमा पनि सञ्चालित हुन सक्छन्, यौनधन्दा । धन्दावालाहरू ग्राहक बटुल्ने तामझामसँगै आवरण बदल्ने योजना बुन्नमा व्यस्त हुन्छन् । उता, यौनधन्दाको बलियो 'स्पट' गोंगबु क्षेत्रको प्रहरी पनि धन्दावालाको आवरण बदलिइरहने रणनीति र गतिलाई पछ्याउन नसकेको स्वीकार्छ । गोंगबु प्रहरी प्रभागका प्रहरी निरीक्षक रामनारायण माझी वेश्यावृत्तिमा मुद्दा चलाउनु मात्र समस्याको समाधान होइन भन्छन् । स्रोत-nagariknews.com

युवतीलाई लठ्याएर अनेक गर्ने हेटौँडाका निरजबाबा प्रहरीको फन्दामा

- No comments
काठमाडौँ, १२ चैत । सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका बस्ने निरजबाबा उपनामले चिनिने निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले आज पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुक मार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिंचेर सोही तस्बिर फेसबुक मार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनले पीडितलाई कहीँकतै उजुरी गरे भौ
तिक कारबाही गर्ने जनाउँदै पटक पटक फोनमार्फत धम्क्याउँदै आएका थिए । उनले पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त चौधरीलाई मकवानपुर, हेटौँडास्थित बुद्धचोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । रासस

अहिले भर्खर मात्र बेल्जियम मा भएको बिस्फोट हेर्नुस भिडिओ सहित

- No comments

source:BBC

अर्चना पनेरुसहितको ‘जिस्म’ यूनिटलाई प्रहरीले समात्यो

- No comments


कास्की प्रहरीले चलचित्र ‘जिस्म’ यूनिटलाई छायांकन स्थलबाटै समातेको छ । चलचित्र विकास बोर्डबाट कुनै इजाजत नै नलिई चलचित्र छायांकन गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको हो । अहिले उनीहरुलाई पोखराको रामबजार चौकीमा राखिएको छ ।



निर्देशक राजु गिरीका अुनसार चलचित्र विकास बोर्डले सीडीओ कार्यलयमा पत्र पठाएको आधारमा प्रहरीले आफूहरुलाई समातेको बताए । राजुले आफूसहित चलचित्रकी मुख्य कलाकार अर्चना पनेरु र अन्य २० जना चलचित्र यूनिटलाई प्रहरी कार्यलयमा राखिएको बताए ।

उनले आफूले १३ हजार ५ सय वुझाएर चलचित्रको कथा पनि वुझाएको बताउँदै बोर्ड अध्यक्षले अधिवेशन छ भन्दै टारेको आरोप लगाए । यता, विकास बोर्ड अध्यक्ष राजकुमार राइले भने पोर्नस्टार बन्छु भन्ने एक यूवतीलाई लिएर चलचित्र बनाएको भन्दै इजाजत नदिएको र आफूहरुको इजाजत विना नै चलचित्र छायांकन सुरु गरेकाले प्रहरी लगाएर पक्राउ गरेको बताए । ५० प्रतिशत दृश्य खिचिइसकेको चलचित्रलाई अब रोक्ने या अगाडि बढ्न दिने भन्ने बिषयमा कुनै टुंगो लागेको छैन । बोर्डले आफूहरुको इजाजत विना नै छायांकनमा गएका चलचित्रलाई रोक्ने र सामान समेत जफत गर्न सक्नेछ ।

निर्देशक गिरीले अर्चना पनेरुले पोर्नस्टार बन्छु भन्दैमा उ पोर्न स्टार नहुने बताए । उनले बोर्ड अध्यक्षको दादागिरी भन्दै यसको विरोध गरेका छन् । प्रहरीले चलचित्र यूनिटलाई अब जिल्ला प्रशासन कार्यलय, कास्कीमा वुझाउने तयारी गरेको छ । चलचित्र विकास बोर्डले पठाएको पत्रमा इजाजतका लागि अनुमती मागिएपनि कलाकार र बिषयवस्तु हेर्दा इजाजत दिन उचित नभएकाले नदिएको उल्लेख छ । तर, इजाजत विना नै चलचित्रको छायांकन पोखराका विभिन्न क्षेत्रमा गरिएकाले बोर्डले जिल्ला प्रहरी कार्यलय, कास्कीसाग सहयोग मागेको थियो । सोही आधारमा प्रहरीले उनीहरुलाई प्रहरी कार्यलय बोलाएको हो ।


-source :online khabar

पाकिस्तान जिते नाङ्गिने बताएकी मोडल हारे पछी यसरी रोईन हेर्नुहोस (भिडियो सहित)

- No comments
एजेन्सी: टी-२० विश्वकपमा भारतीय टीमसँगको भिडन्तमा आफ्नो देशले जितेमा नाङ्गिने बताएकी पाकिस्तानी एक मोडलले नतिजा उल्टो आएपछि रुवाबासी गरेकी छन् । पाकिस्तानी मोडल कन्दिल बलोचले आफ्नो कामना उल्टो भएपछि रुवाबासी गरेकी हुन् । 

भारतविरुद्धको खेलमा पाकिस्तानको लज्जा
स्पद हार भएपछि आफ्नो संयम गुमाउँदै यी पाकिस्तानी मोडल क्वाँ क्वाँ रुन थालिन् । यी पाकिस्तानी मोडल कन्दिल बलोचले टी-२० म्याचमा पाकिस्तानी टीमले यदि भारतलाई हराएमा उनको देशको टीमका लागि आफ्नो नाङ्गिएर नृत्य गर्ने घोषणा गरेकी थिइन् । तर पाकिस्तानको हारपछि उनी भारतीय फ्यानका लागि उनी नृत्य गरेजस्तो देखिएको छ । 

कन्दिलले फेसबुकमा आफ्नो भिडियो शेयर गरेकी छन्, जसमा उनी भारतीय फ्यानलाई बधाई दिएको शैलीमा नाचिरहेकी छन् । अर्कातिर पाकिस्तानक हारमा उनी रुँदै कराइरहेकी देखिन्छिन् । 'हामी फेरि हार्यौं, हामी हरुवा हौं', उनले भिडियोमा भनेकी छन् ।

महिलाहरु सेक्स गरिसकेपछि... पुरुष बाट यि कुराको परखाइमा हुन्छन... जानी रख्नु

- No comments


महिलाहरु सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको उचित कदर गरिदिनुहोस यसले तपाइको यौन जीवनको, साथै एक आपसमा सुमधुर सम्बन्ध बनाई राख्न ठुलो भूमिका खेल्दछ पिलिज यहाँ किलिक गर्नुहोला है एक पटक प्रतिवेदनमा उल्लेख गरे अनुसार केहि तथ्यहरु यहाँ उल्लेख गरिएको छ, जसलाई अपनाउनाले तपाइको यौन तथा प्रेममय जीवनलाई अवश्य सुखमय र सुमधुर बनाउने छ ।  

सेक्‍स गर्नासाथ तपाइको सुतीहाल्ने बानी छ भने त्यसलाई बदल्नुहोस l किनकि सेक्स पछी त्यसरी सुतिहाल्दा केटि (महिलाहरु) को मनमा तपाई खाली आफ्नो मतलवको लागि मात्रै नजिक आउनु हुन्छ भन्ने पर्दछ सेक्स गरिसके पछी सबै भन्दा राम्रो तपाई आफ्नो साथीसंग स्पुन फिटिंग पोजिसनमा सुत्नुहोस, जस्तै दुइवटा चम्चा एक आपसमा खपटीएर राखेको जस्तो आसनमा, र आफ्नो हातले पार्टनरलाई हल्का स्पर्स गर्दै एक आपसबीचको रशिला रमाईला रोमान्टिक कुराहरु गर्नुहोस यसले तपाइको केटि (महिला) साथीले सेक्युर्ड अनुभव गर्छन प्रेमको चरम सीमामा पुग्दा पनि केटिहरु आफ्नो प्रेमीसँग रसिला कुरा गरिरहन चाहन्छन, त्यसैले उनीहरुको मनोभाव बुझेर तपाई आफ्नो प्रेमिकालाई मायालु अंगालोमा बाँधेर एउटा मिठो चुम्वन गरिदिनु भयो भने उनीहरु हृदयदेखिनै तपाई प्रति कृतघ्न हुन्छन । 

यदि तपाई आफ्नो प्रेमिकाको मनको कुरा जान्न चाहनु हुन्छ भने, सेक्सको चरमोत्कर्स पछी स्पुन फिटिंग पोजिसनमा सुतेर बिस्तारै सोध्नुहोस, की भर्खरै गरेको सेक्समा के भयो कस्तो लाग्यो ? यस्तोमा तपाइको प्रेमिकाले स्वेक्षाले आपसे आप सबै बताई दिन्छे यसरी आफ्नो प्रेमिकाको चाहना पुरा गरेर आफ्नो प्रेममय जीवनको खुसीलाई दुइगुना वृद्धि गर्न सक्नु हुनेछ सेक्सको चरमोत्कर्स पछी आफ्नो प्रेमिकालाई कस्तो लाग्यो, के भयो, सेक्स गर्दा कसरी गरेकोमा सबै भन्दा बढी आनन्द आयो, यस्तो समयमा के कुरा सबै भन्दा राम्रो लाग्छ वा मनपर्छ आदि कुराहरु सोध्नु भएर त्यस्ता कुरालाई आर्को पल्ट प्रयोग गरेर आफ्नो प्रेमिका संगको आत्मियता अझै प्रगाड हुनका साथै सम्बन्ध अझ नजिकिन्छ धेरै कम केटीहरुले लगातार दोश्रो पटक सेक्सको लागि अनुरोध गर्छन साथै केटाहरु सेक्सको चरमोत्कर्स पछी आराम गर्न वा सुत्न मन पराउछन भने केटीहरु यस्तो गर्दैनन त्यसैले तपाइको प्रेमिकाले फेरी अर्कोपटक पनि सेक्स गर्न अनुरोध गरेमा त्यसलाई तुरुन्त स्विकारी हल्नुहोस किनकी यस्तो चान्स हतपत्ति आउदैन ।

के धेरै सेक्स गर्दा महिलाको यौनाङ्ग खुकुलो हुन्छ ? जानी राखौ.... भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

- No comments


मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ । के तपाईंलाई थाहा छ, यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाक अवस्थामा फर्कन्छ ।

 यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनांग पहिलाकै अवस्थामा फर्कन्छ । जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनांगको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’ दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ । वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ ।

 मतलब, उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि । यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।

 यस अध्ययनको क्रममा पत्ता लागेको अर्को महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनांग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईंको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् । यसको मतलब उन यौनांग कि सुख्खा छ,कि उनी आवश्यक उत्तेजित भइसकेकी छैनन् । यस्तो अवस्थामा तपाईंले धेरैभन्दा धेरै प्राककिंडा फोरप्ले गर्न आवश्यक छ ।

कन्डम लगाएर सेक्स गर्नुहुन्छ भने होसियार ..यस्ता छन यसका वेफाईदा ... पद्नुस

- No comments
कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा होला तर कण्डमको केही यस्तो साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन । कण्डमले मात्र तपाईको यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन निम्नानुसार छन् : -



दुखाइ एवं एलर्जी यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या पूर्णरुपले बन्द पनि हुन सक्छ । जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई असहनीय पिडा हुन सक्छ ।

२. योनि गर्भासय घाउ हुने कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग समेतलाई असर गर्न सक्दछ । भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।

३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।

nepali नायिका को यस्तो चर्तिकला हेर्नुस भिडिओ सहित

- No comments


लाखौं ठगेको अभियोगमा पारस महाराजगञ्जबाट पक्राउ

- No comments


काठमाडौं, ५ चैत । वैदेशिक रोजगारीका नाममा ठगी गर्दै हिड्ने पारस लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट धानसिंह–९ घर भई ललितपुर बस्ने पारसले पोर्चुगल पठाई दिने भन्दै पोखराका चार युवा हरि प्रसाद गुरुङ्ग, निसान गुरुङ्ग, कुमार गुरुङ्ग र सविन गुरुङ्गलाई रोजगारीमा पोेर्चुगल पठाइदिने भन्दै ४४ लाख रकम ठगी गरेका थिए ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाले नियन्त्रणमा लिएको हो । पोेर्चुगलमा पानी जहाँजमा मासिक रु १ हजार अमेरिकन डलर कमाई हुने प्रलोभन देखाई चारै जनाबाट प्रतिव्यक्ति ११ लाखका दरले पारसले पैसा उठाएका उनले चारै जनालाई पोर्चुगल लैजाने भनेर जर्मनी पुगाएका थिए । जर्मनको एयरपोर्टमा पारसले नक्कली कागजातहरु दिएर उनीहरुलाई २ दिन थुनामा राखी नेपाल फिर्ता पठाएका थिए ।

नेपाल फर्किसकेपछि पारसले मैले सम्बन्धित ठाउँमा पठाउन सकिन तपाईको रकम फिर्ता गरी दिन्छु भन्दै चेक दिएकोमा उक्त चेकबाट रकम निकाल्नको लागि सम्बन्धित बैंकमा जादाँ खातामा रकम नभई भुक्तानी नपाएपछि पारसले ठगेको भन्दै पीडित चारै जना न्याय माग्दै प्रहरीका कहाँ पुगेका थिए ।

पीडित युवाहरुको उजुरीपछि अपराध महाशाखाले पारसलाई विहीबार महाराजगंजबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

खुमबहादुर पनि पक्राउ

दक्षिण अफ्रिकामा राम्रो काम लगाई दिने भनि लाखौं रकम ठगी गरेको अभियोगमा खुमबहादुर केसी पनि पक्राउ परेका छन् ।

रोल्पा गजुल घर भई काठमाडौं बस्दै आएका केसीले रुपन्देही भैरहवाका विकाश थापासहित ४ जनालाई दक्षिण अफ्रिकामा होलसेल पसलमा आर्कषक तलवमा काममा पठाई दिन्छु भनेर खुमबहादुरले प्रतिव्यक्ति साढे ६ लाखका दरले पैसा उठाएका थिए ।

उनले चारै जनालाई दक्षिण अफ्रिका पठाएर काम नदिई अलपत्र पारेका थिए । साथै पासपोर्ट पनि जफत गरेर नराम्रोसँग ठगेका थिए ।
उनलाई अपराध महाशाले बुधबारै दरवामार्गबाट पक्रेको एसएसपी खनालले बताए ।

फिस्टेल एयरको हेलिकोप्टर रसुवा दुर्घटना

- No comments







सुवाको लाङटाङमा बिहीबार दिउँसो राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवा दुर्घटना भएको छ । पाइलट घाइते !!!
भूकम्पबाट भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो ।
लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो ।
हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए ।
गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो ।

बिहीबारमात्रै यो हेलिकोप्टरले चार पटक रडक लाङटाङ पुर्याएको थियो । ‘चौथो खेप रड पुर्याएर फर्कने क्रममा उड्नेबित्तिकै पंखा खुस्किएर हेलिकोप्टर भुइँमा बजारिएछ’, रसुवाका प्रजिअ अधिकारीले भने, ‘दुर्घटनामा परेका पाइलोटलाई स्थानीयले उद्धार गरेपछि फिस्टेलकै अर्को हेलिकोप्टरले धुन्चे ल्याएको छ ।’

बाहिर झरेको शुक्रकीटले गर्भवती हुन्छ?

- No comments

बाहिर झरेको शुक्रकीटले गर्भवती हुन्छ?

- डा. राजेन्द्र भद्रा



चैत्र ४, २०७२-
म २२ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । मेरो श्रीमान्को उमेर २८ वर्ष छ । विवाहदेखि नै हामीबीच असुरक्षित यौनसम्पर्क हुँदै आए पनि श्रीमान्ले वीर्य बाहिर फ्याँक्नुहुन्थ्यो । गत वैशाखदेखि हामीले बच्चा पाउने रहरले वीर्यलाई भित्रै स्खलित गर्न थाल्यौं । म मंसिर १ गते महिनावारी भएको ६ दिनपछि हामीले लगातार यौनसम्पर्क गर्यौं । उक्त महिना १४ गते मात्र यौनसम्पर्क भएन अनि हामीले २६ गतेपछि यौनसम्पर्क राख्न छोड्यौं, किनभने महिनावारी हुने दिन आउनुअघि यौनसम्पर्क राख्दा चाँडै महिनावारी हुन्थ्यो । श्रीमान्सँग वैशाखदेखि नियमित सम्पर्क हुँदा गर्भमा बच्चा बसेन, एकै पटक मंसिरपछि गर्भ रह्यो । मेरो समस्या के हो भने श्रीमान्सँग वैशाखदेखि नियमित यौनसम्पर्क गर्दा गर्भ बसेन, तर मलाई के शंका लागेको छ भने एक दिन मेरो श्रीमान्को साथीले हामी नभएका बेला हाम्रो तन्नामा वीर्य झारेर गए भन्ने मलाई शंका छ । किनभने सोही दिन मैले श्रीमान् घरमा नभएको मौका छोपेर हस्तमैथुन गरे । मेरो श्रीमान्का अनुसार उसको मोबाइलमा अश्लील चलचित्रहरू छन् । कतै श्रीमान्को साथीले हाम्रो तन्नामा झारेको वीर्यमाथि मैले मैथुन गरेकै कारण म गर्भवती भएको त होइन ? तन्नामा झरेको शुक्रकीटबाट कति समयसम्ममा गर्भवती हुन सकिन्छ कि सकिँदैन ?

च.


महिलाको गर्भवती हुने सम्भावना
कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधंै यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । मुख्य रूपमा पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण रहन मुख्य रुपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।

शुक्रकीटसँग मिलन हुन महिलाको पनि डिम्ब निस्किएको हुन जरुरी छ । सामान्यत: महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । सामान्यत: डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अंगभित्र शुक्रकीट ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले सबैभन्दा बढी सम्भावना भएको समय मानिन्छ ।

सामान्यत: महिनावारी सुरु भएको आठौं दिन यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ, तर महिनावारी ठीक २८ दिनमा नभै ढिलो वा चाँडो हुन्छ भने यो सम्भावनामा पनि फरक पर्छ । तपाईंले महिनावारी कति–कति समयमा हुन्छ भनेर नखुलाउनु भएकाले यसै भन्न सकिने कुरा भएन ।

शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ ?

तपाईंलाई थाहै होला, पुरुषबाट निस्कने वीर्यमै शुक्रकीट हुन्छन् । शुक्रकीटलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वीर्यमा उचित पोषण वा वातावरण मिल्ने किसिमले पानी तथा अन्य रसायन हुन्छ । हाम्रो शरीरबाहिर शुक्रकीट कति समय बाँच्छ भन्ने कुरा आर्द्रता, तापक्रम, अम्लीयता अनि अन्य कतिपय वातावरणीय तत्त्वहरूमा भर पर्छ । सामान्य रूपमा शुक्रकीट बाह्य वातावरणमा आउनासाथ सुक्ने क्रम सुरु हुन्छ र सुख्खा वीर्यमा शुक्रकीट मर्छ । कपडामा वीर्य पर्दा त्यसको पानी अझ चाँडो सोसिन्छ र वीर्य सुक्ने क्रम थप तीव्र हुन्छ । कपडामा भएका अन्य तत्त्वको प्रभाव पनि शुक्रकीटमा नकारात्मक नै पर्छ ।
सामान्य अवस्थामा यस्तै २० मिनेटमा निष्क्रिय भैसके पनि निकै ओसिलो वा लपक्कै वीर्यले भिजेको स्थितिमा भने यस्तै ६० मिनेट सम्म बाँच्ने कुरा देखिएको छ । कतिपय स्थितिमा शुक्रकीट जीवित रहे पनि त्यसले डिम्ब निषेचन गर्न सक्ने क्षमता भने गुमाइसकेको हुन्छ । यहाँ प्रयोगशालामा चिस्याएर शुक्रकीटलाई जोगाएर राख्ने आधुनिक प्रविधिअन्तर्गत शुक्रकीट बाँच्ने कुरा गर्न सान्दर्भिक भएन ।

गर्भ रहेको होला त ?



गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्ने कुरा बुझि नै सक्नुभयो । बाह्य वातावरणमा योनिमा शुक्रकीट बढी बाँचे पनि डिम्ब निष्कासनको नजिकका दिनमा बाहेक योनिको वातावरण अनि पाठेघरको मुखको रस पनि सर्वोत्कृष्ट रहँदैन ।

उहाँ यौन चलचित्र हेर्नु वा नहेर्नुको तपाईं गर्भवती हुने वा नहुने कुराको कुनै सम्बन्ध छैन । तपार्इंको श्रीमान्को साथीले तपाईको बिछयौनामा हस्तमैथुन गरेको कुरा पनि शंका मात्र हो । उक्त कुराले त्यहाँ पक्कै आलो वीर्य थिएन भन्ने बुझिन्छ । फेरि तपार्इंले हस्तमैथुन गर्दा पनि उक्त वीर्य योनिमा राख्नुभएको पक्कै होइन होला । दुवै जनाले लुगा लगाएर यौनांग घर्षण गर्दा पुरुषको वीर्य स्खलन भएर महिलाको योनिमा वीर्य नपर्दासम्म गर्भ रहने सम्भावना हुँदैन । तपार्इं आफैंले उक्त तन्नामा बसेर वा सुतेर हस्तमैथुन गर्दा त्यो वीर्य तपार्इंको योनिभित्र पर्ने सम्भावना पनि देखिँदैन । माथि भनिएझैं डिम्ब निष्कासनको समय पनि मिल्नुपर्‍यो र शुक्रकीटमा योनिबाट यात्रा गर्दै पाठेघरको मुख, पाठेघर अनि डिम्ब वाहिनी नलीसम्म पुग्ने क्षमता राख्नुपर्‍यो । तपार्इंको सन्दर्भमा तन्नामा कसैले वीर्य झारेको शंकादेखि तपाईंको गर्भसम्मको तालमेल मिलेको देखिँदैन । फेरि तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुरा पनि तपाईंलाई थाहै होला ।

श्रीमान्सँगको नियमित यौनसम्पर्कबाट नभै यसरी गर्भ रह्यो होला भनी अनावश्यक चिन्ता लिनु उचित होइन । यहाँ चर्चा गरिएको भन्दा फरक कुरा भए कुरा अर्कै हो



योगेश दाहाल विगत ८ बर्ष देखि फलामे खोरमा

- No comments




एउटा मानिस त्यही पनि ८ वर्षदेखि खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । झापा दमक वडा नं. १६ कृष्ण मन्दिरका योगेश दाहाललाई विगत ८ बर्ष देखि फलामे खोरमा थुनेर राखिएको छ ।
३३ बर्षका योगेशलाई २०५५ सालमा एक्कासी काम्ने र मुर्छा पर्ने लक्षण देखिएको थियो । परिवारले उनलाई उपचारको लागि नेपालका विभिन्न अस्पतालहरु लगे, तर रोग निको भएन । औषधी खाउन्जेल केही कम हुने,त्यसपछि पूरानै अवस्थामा आउँने योगेशका बुबा भक्ति दाहालले बताउँनुभयो । योगेशलाई उपचारको लागि भारतको सिक्किम र राँचीसम्म पु¥याइए पनि केही पार नलागेपछि छिमेकीको सहयोगमा खोरमा राखिएको बताउनुभयो ।

योगेसको उपचारका क्रममा अलिकति भएको खेत पनि सकिएको बुवा भक्तिको दुखेसो छ । थप उपचारको लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको उहाँले बताउँनुभयो । खोरभित्र रहेका योगेश बेला बेलामा काम्ने गरेका छन् । सोधेको कुरा राम्रोसंग भन्न सक्ने उनी खोर बाहिर आउदा मानिसलाई झम्टिने र कुट्ने गर्छन् । उनको यो व्यवहारले गाँउ नै त्रसित बनेको छ । आईएसम्म अध्ययन गरेका योगेशले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको झिनो आशा भने अझै कायम छ । त्यसैले छोराको उपाचारका लागि आवश्यक सहयोग गर्न योगेशका वुवाले सरकारसंग माग गर्नुभएको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले योगेशको उपचारका लागि पहल गरिदिने आश्वासन दिएको छ ।

कोटेश्वर क्षेत्रमा विगविगी मच्चाउने यी हुन् ‘टोले गुन्डा’, प्रहरी निरीक्षकको संरक्षण –

- No comments



काठमाडौं, ४ चैत । गुण्डागर्दी विरुद्ध महानगरीय प्रहरी आक्रमक रुपमा पस्तुत भएपछि राजधानीमा कहलिएका डन यतिखेर गुमनाम छन् । तर केही दलालले कथित प्रहरीको आडमा टोलका चुल्ठे, मुन्द्रेलाई गुण्डागर्दीमा सक्रिय गराउन थालेका छन् ।
घर जग्गा व्यापारी दोलखाका दीपककुमार राउतले कोटेश्वर क्षेत्रका आभारा सिजल नाम गरेका टोले गुन्डालाई केही रुपैयाँको प्रलोभन देखाई गुण्डागर्दीमा सक्रिय गराउन थालेको स्थानीय पीडितहरूले बताएका छन् ।
राउतले गोठाटारमा बैना गरेको ८ रोपनी जग्गामा बिबाद आएपछि सिजल जस्ता बेरोजगार टोले गुन्डाको प्रयोग गरी स्थानीयलाई तर्साउन थालेका हुन् ।
८ रोपनी जग्गा बैना गरी प्लटिङको सुरुवात गरेका राउतले अन्य व्यक्तिको जग्गामा समेत आँखा लगाउँदै जबरजस्ती बालि काटेर डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन् ।
बालि काटेपछि १० हजार जरिवाना तिरेर त्याहाबाट ज्यान जोगाएर फरार भएका राउतले भोलिपल्ट टोले गुन्डा सिजलको नेतृव्यमा २५ वटा मोटर साईकलमा गुण्डा लिएर गोठाटार पुगेको स्थानीय शिव चापागाइँले बताए ।
८ रोपनी जग्गा प्लटिङ गर्ने मिलाई दिने चापागाइँलाई राउतले कि अर्को ८ रोपनी जग्गा मिलाई देउ कि मेरो ढेड करोडको तीन करोड रुपैयाँ देउ भन्दै धम्काउने गरेका छन् ।
उनले उक्त पैसा असुल्न कोटेश्वर प्रभागका प्रहरी निरीक्षक केशब भाटको समेत दुरुप्रयोग गर्न थालेका छन् ।
भाटले आफ्नो क्षेत्रभन्दा बाहिर गोठाटार पुगेर चापागाइँलाई ‘तेरो नाममा इन्काउन्टर निस्केको छ, याद गर’ भन्दै पेस्तोल देखाएर तर्साएको भन्दै पीडित चापागाइँले महानगरीय प्रहरी परिसरमा ज्यान धनको सुरक्षा गरी पाँउ भन्दै निबेदन दिएका छन् ।
यस विषयमा प्रहरी परिसरले प्रहरी निरीक्षक भाटलाई मंगलवार कारवाहीको चेतावनी दिँदै सचेत गराएको छ ।
राउतले एमाले नेतृ नीरु पालको नाम जोडर आफ्नो गलत धन्दा चलाउने गरेको स्थानीय एमाले कार्यकर्ताको आरोप छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको नाम समेतलाई राउतले बदनाम गर्दै आएका छन् । ‘एसएसपी खनालसँग मेरो कुरा भई सकेको छ, याँहा आएर गोली ठोक्छु भनेको छ’ भन्दै राउते टोले गुन्डाको आडमा स्थानीयलाई तर्साउने गरेको चापागाइँले बताए । (तस्बिर सौजन्य अपराध खबर डटकम)
दैनिक नेपाल बाट

नेपाल एयरलाइन्सको जहाजमा बम ! (फोटोसहित)

- No comments



काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाई जानकारी दिए।
सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाई जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल टोलि, कुकुरहरू र दमकल तैनाथ गरिएको जहाजमा रहेका यात्रु रूपेश रावलले नागरिकन्युजलाई बताए। 'हामीलाई जहाजबाट अोरालेर टाढै राखिएको छ, जहाजमा बम हुन सक्ने शंका छ। हामीलाई के भएको भन्ने विवरण दिइएको छैन।' रावलले भने।





































सोमबार राती हराएको दिनेश रेग्मीको गोली हानी मारिएको देखिन्छ

- No comments



सोमबार राती हराएको दिनेश रेग्मी आज बुधबार बिहान ९ बजे इलाम को फुएतप्पा- सात र पाँच को सिमाना पुरानो धोन्द्रे बजार्म मा मृतक अवस्थामा फेला पारिएको छ, निजलाइ गोली हानी मारिएको जस्तो देखिन्छ, उत्त घटना ले पाँचथर इलाम बाशिहरु शोकाकुलमा डुबेका छौ

दुई सन्तानकी एक आमाले आफू भर्जिन भएको भ्रम छरेर नेपाल प्रहरीका एक सोझा इन्सपेक्टरलाई बेवकुफ बनाउन सफल भएकी छन् ।

- No comments

काठमाडौं, १३ फागुन । धन देखेपछि महादेबको पनि त्रिनेत्र भने झै दुई सन्तानकी एक आमाले आफू भर्जिन भएको भ्रम छरेर नेपाल प्रहरीका एक सोझा इन्सपेक्टरलाई बेवकुफ बनाउन सफल भएकी छन् । दोलखा घर भई भक्तपुर सूर्य बिनायक डेरा गरी बस्ने सिर्जना घिमिरेले नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर लोकनाथ लामिछानेलाई विवाह गर्छुभन्दै ठगी गर्न सफल भएकी हुन । इन्सपेक्टर लामिछाने प्रहरी अस्पतालमा कार्यरत छन् भने उनलाई ठगी गर्ने घिमिरे भने महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा रहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । २७ वर्षीय घिमिरेले योजनाबद्ध तरिकाबाट इन्सपेक्टर लामिछानेलाई ५९ लाख रुपैंयाँ ठगी गरेको जाहेरी परिसरमा परेपछि उनलाई पक्राउ गरी अनसुन्धान गरिएको परिसरका डिएसपी दिनेश आर्चायले बताए । विवाहित घिमिरेको दुई छोरा छन् भने श्रीमान नेपाली सेनामा कार्यरत छन् । घिमिरेकी श्रीमान भने यतिबेला शान्ति सेनाको मिशन अन्र्तगत कंगोमा रहको स्रोत बताउँछ । यसरी फसे इन्सपेक्टर आफन्तको धुम्वाराहीस्थित औषधि पसलमा जाने क्रममा ठगी धन्दाकी ‘मास्टर माइण्ड’ घिमिरेसँग प्रहरी इन्सपेक्टर लामिछानेको भेट भयो । हेर्दा सोझा र भलादमी खालका लामिछानेलाई फसाउन सजिलो हुने भएपछि दुई सन्तानकी आमा घिमिरे अविवाहित भएको नाटक मन्चन गर्दै लामिछानेसँग निकट हुन थालिन । भर्खरै आफ्नो श्रीमतीसँग सम्बन्ध बिछेद गरी एक्लो महशुस गरेका लामिछानेले हेर्दा चटक्क परेकी युवती पाएपछि दंग परे । बुढी श्रीमतीले छाडेर के भो त, तरुनी पाएपछि भन्दै उनले आफ्नो उमेरको ख्यालै गरेनन् । बिस्तारै घिमिरेको योजनामा फस्दै गए र उनी बिवाह गर्ने निष्कर्षमा पुगे । विवाहका लागि सुन बनाउने, घरको सामान किन्ने र घर बनाउन जग्गा किन्ने बहानामा घिमिरेले लामिछानेसँग पटक–पटक गरी ५९ लाख रुपैंया ठग्न सफल भइन । यो ठगी धन्दामा उनलाई आफन्त पर्ने पार्बती घिमिरेले समेत साथ दिएको जाहेरीमा उल्लेख छ । पटक–पटक बिभिन्न बहानामा पैसा माग्ने तर बिवाह गर्ने कुरा टार्न थालेपछि एक दिन फोनमा घिमिरेले ‘तिमीले पिण्ड खाने बेला भयो, समाजमा तिम्रो र मेरो जोडी सुहाउँदैन बरु मलाई इन्जिनियर केटा खोज्देउ’ भनेपछि लामिछानेले बल्ल आफू ठगीएको महशुस गरे । त्यसपछि उनी न्यायका लागि प्रहरीमा पुगेका हुन् । आफू जस्तै गरी अरु पनि मुर्गा नबनुन भनेर प्रहरीमा पुगेको उनले बताए ।