अहिलेको बजारमा एक कप चियाको मूल्य कति पर्ला रु रु १०, १५, २० वा त्यो भन्दा बढी । तर मोरङको कोसी हरैँचा नगरपालिका विराटचोकका लीलाप्रसाद सञ्जेलले भने त्यो भन्दा निकै कममा अर्थात पाँच रुपैयाँ कप चिया बेच्दै आएका छन् ।
पाँच वर्षअघि सम्म एक रुपैयाँ कप चिया बेच्नुभएका सञ्जेलले सबै महँगी धानेर चियाको दाम पाँचभन्दा माथि वढाएका छैनन । ६५ रुपैयाँ लिटरको दुग्ध, ७० रुपैयाँ किलो चिनी र इन्धनको अभावमा समेत उनले पाँच रुपैयाँ कप चिया बेच्दै आएका हुन् ।
करिब तीन दशकसम्म खेती गर्दा पनि आर्थिक लाभ नभएपछि सञ्जेलले करिब १० वर्षअघि विराटचोकमा चिया पसल थालेका थिए । पाँच रुपैया कप बजारको मूल्य हँुदा उहाँले एक रुपैयाँ कप चिया बेच्न थालेका थिए। ५० वर्षीय सञ्जेलको चिया पसलबाहेक अरू कुनै व्यवसाय छैन । सो चिया पसल गरेरै सञ्जेलले विराटचोकमा रु १० लाखमा घडेरी किनेका छन ।
त्यति मात्र होइन उहाँले चिया पसलबाटै भएको आम्दानीले दुईवटी छोरीको विवाह गरेको सुनाए । लीलाप्रसाद सङ्खुवासभा जिल्लाको आँखीभुइँबाट २०३३ सालमा तराई झरेका थिए ।
source :NS
0 on: "पाँच रुपैयाँको चिया बेचेर १० लाखको घरेडी !"