वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुक मार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए । काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिंचेर सोही तस्बिर फेसबुक मार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनले पीडितलाई कहीँकतै उजुरी गरे भौ
तिक कारबाही गर्ने जनाउँदै पटक पटक फोनमार्फत धम्क्याउँदै आएका थिए । उनले पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त चौधरीलाई मकवानपुर, हेटौँडास्थित बुद्धचोकबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । रासस
0 on: "युवतीलाई लठ्याएर अनेक गर्ने हेटौँडाका निरजबाबा प्रहरीको फन्दामा "