सोसल मिडियाले डेट गर्ने तरिकामा एक हदसम्म ठूलो परिवर्तन ल्याइीदएको छ । तर कहिलेकाहीँ यी साइट्समार्फत साँचो प्रेम प्राप्त गर्न सकिने भएपनि कहिलेकाहीँ ठूलै धोका खाने जोखिम हुन्छ ।
अनलाइन डेटिंग आजभोलि निकै चल्तीको विषय बनेको छ । तर यो आम विषयलाई तपाइँले आफ्नो जिन्दगीमा खेलवाड गर्न नदिनुहोस् । एक सर्भेक्षण अनुसार आजभोलि सबैभन्दा झुटो बोलिने ठाउँ नै अनलाइन डेटिंग साइट्स हुन् । यदि तपाइँ कोहीसँग अनलाइन डेटिंगमा हुनुहुन्छ भने यस्ता खाले धोकाबाट बच्नका लागि अनलाइन डेटिंगमा बोलिने सबैभन्दा चल्तीका झुट कुरा जानिहाल्नुहोस्:
उमेर: अनलाइन डेटिंगमा प्राय केटा केटीहरु आफ्नो उमेर लुकाउँछन् ।कहिलेकाहीँ अरु नै व्यक्तिको फोटो हालेर एक अर्कालाई इम्प्रेस्ड गर्ने कोसिस पनि गर्दछन् । यस्तोमा फोटो इडिटिंग एपको सहायताले आफ्नै नराम्रो फोटोलाई पनि निकै सुन्दर बनाएर आफ्नो लुक्सलाई प्रभावी बनाउने तथा तन्नेरी देखाउने गर्दछन् ।
जागिर: डेटिंग साइट्समा खासगरी केटाहरु आफ्नो जागिरको बारेमा बढ्ता बढाइचढाइ गर्दछन् । उसले जुन प्रकारकी केटी खोजिरहेको हुन्छ सोही प्रकारले निकै सोँचविचार गरी आफ्नो जागिरका बारेमा लेख्छ, बताउँछ । त्यसैले यदि तपाइँको अनलाइन डेटिंग पार्टनर पन अिाफ्नो जागिरका बारेमा निकै बढाइ चढाइ गर्दछ भने सावधान हुनु जरुरी हुन्छ ।
परिवारका विषयमा भावनात्मक कुरा: परिवार तथा इष्टमित्रका बारेमा खासगरी केटीहरुमा एउटा दयालु भावना तथा नरम पना हुन्छ, त्यसैले केटाहरुले केटीहरुको यो कमजोरीको फाइदा उठाउँछन् । केटीहरुलाई इमोसनल ब्लाकमेलिंग गर्दै केटाहरु आफ्नो परिवारको बारेमा यस्ता कुराहरु गर्दछन् जसबाट केटीहरु आफुसँग इमोसनल रुपमा जोडियून् ।
तस्वीर: अनलाइन डेटिंगमा यदि केटा केटीहरु ठग हुन् भने उनीहरु आफ्नो फोटो शेयर गर्ने मामिलामा निकै सुस्त हुन्छन् । उनीहरुको डेटिंग अकाउण्टमा निकै कम तथा छानिएका तस्वीर मात्र हुन्छन् । उनीहरुले आफ्ना स्वभाविक तस्वीर भन्दा पनि फोटोसप गरिएका तथा राम्रा राम्रा तस्वीर मात्र हाल्दछन् ।
आफैलाई निकै राम्रो तथा सबैको मनपर्ने बताउनु: सुन्दरताको फाइदा कतिपयले अन्यलाई बेवकुफ बनाउन पनि गर्दछन् । ९० प्रतिशत केटीहरुलाई अग्लो, गाढा तथा सुन्दर केटा मन पर्दछ र यस्ता कुराहरु टेलिभिजनमा पनि खुबै देखाइन्छ । त्यसैले केटाहरुले आफ्नो यस्तै रुप तथा कुराहरु केटीलाई इम्प्रेस्ड गर्नमा दुरुपयोग गर्दछन् । केटीहरु पनि आफु निकै राम्रो तथा समझदार भएको झुटो देखावटी गर्दछन् ।
चिल्ला कुरा गर्ने: आफ्नो प्रसंसा सुन्नु कसलाई मन पर्दैन र ? कसैले यस्ता मीठा चिल्ला कुरालाई अर्कालाई ठहरै पार्न ढाल नाउँदछन् । तपाइँका हरेक मनपर्ने कुरालाई आफ्ना मनपर्ने कुरा बताएर कसैले तपाइँको सहानुभुति पाउने कोसिस गर्नसक्छ । यस्ता चिल्ला कुराहरु धोकेबाजले गर्दछन् ।
आफ्नो दुखको दुहाइ दिने: अनलाइन डेटिंग साइट्समा यस्तो प्रकारका केटाकेटीहरु इमोसनल कुराहरु तथा अफ्नो दुखका बारेमा बताएर आफ्नो पार्टनरबाट सहानुभुति प्राप्त गर्ने प्रयास गर्दछन् । पछि गएर यस्ता कुारहरुको प्रयोग धोकाधडीमा गर्दछन् ।
यदि तपाइँ अनलाइन डेटिंगमा हुने धोकाबाट बच्न चाहनुहुन्छ भने उल्लेखित कुराहरुलाई ध्यान दिनुहोस् । यस विषयमै बनेको सन् २०१० मा रिलिज भएको हलिउड फिल्म ट्रस्ट अवश्य हेर्नुस् । जसको ट्रेलर यहाँ दिइएको छ । -source onlinekhabar.com
0 on: "अनलाइन डेटिंगमा जादै हुनुहुन्छ ?? के तपाइले झुटो बोल्नु भयको छ ??"