सुवाको लाङटाङमा बिहीबार दिउँसो राहत लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर रसुवा दुर्घटना भएको छ । पाइलट घाइते !!!
भूकम्पबाट भत्किएको घर निर्माणका लागि रड झारेर धुन्चे फर्कने क्रममा फिस्टेल एयरको थ्री बी हेलिकोप्टर हेलिकोप्टर दुर्घटनामा परेको हो ।
लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको थियो ।
हेलिकोप्टर भुइँमा बजारिएपछि त्यहाँ भित्र रहेका पाइलोट निकोलशलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनी सामान्य घाइते भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले हेलिकोप्ट दुर्घटना भएको पुष्टि गर्दै चालक दलका एक सदस्य घाइते भएको जानकारी दिए ।
गत बैशाखको भूकम्पमा भत्केको घर पुनःनिर्माणका लागि यो हेलिकोप्टरले रसुवाको धुन्चेबाट रड ओसारिरहेको थियो ।
बिहीबारमात्रै यो हेलिकोप्टरले चार पटक रडक लाङटाङ पुर्याएको थियो । ‘चौथो खेप रड पुर्याएर फर्कने क्रममा उड्नेबित्तिकै पंखा खुस्किएर हेलिकोप्टर भुइँमा बजारिएछ’, रसुवाका प्रजिअ अधिकारीले भने, ‘दुर्घटनामा परेका पाइलोटलाई स्थानीयले उद्धार गरेपछि फिस्टेलकै अर्को हेलिकोप्टरले धुन्चे ल्याएको छ ।’
0 on: "फिस्टेल एयरको हेलिकोप्टर रसुवा दुर्घटना"