body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

कोकिन ट्रान्जिट बन्दै काठमाडौं

 

काठमाडौं-ब्राजिल, दुबई हुँदै काठमाडौं आइपुगेकी साउथ अफ्रिकी ३७ वर्षीया युवती एमपाथोनी एमसाइन त्रिभुवन विमानस्थलको आगमन कक्षबाटै सहजै बाहिरिइन् ।

फ्लाई दुबईबाट चैत ११ गते विमानस्थल उत्रिएकी उनको साथमा केही कपडा र केही बट्टा स्याम्पु थिए । भन्सार जाँचमा कुनै अवरोध भएन, उनी ट्याक्सी लिएर सरासर ठमेल पुगिन् र एउटा होटलमा बसिन् ।


त्यसको तीन दिनपछि १४ गते एमसाइन बसेकै होटलमा आइपुगिन्, भारत नागाल्यान्डकी ४१ वर्षीया मेर्सी । दुवै जना होटलको एउटै कोठा थिए, त्यतिबेलै सादा पोसाकमा लागुऔषध नियन्त्रण ब्युरो टोली पुग्यो । टोलीले दुवै जनालाई सामानसहित नियन्त्रणमा लिएर कोटेश्वरस्थित कार्यालय पुर्यायो ।

बरामद स्याम्पुको बट्टामध्ये चार वटामा रहेको झोल जाँच्दा त्यो पदार्थ नुहाउने होइन, लागुऔषध कोकिन पो रहेछ ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार अफ्रिकी युवती एमपाथोनी कोकिन तस्करीमा सक्रिय समूहकी सक्रिय भरिया हुन् । अनुसन्धानमा खुल्यो– ब्राजिल र पेरुको कोकिन भारत, फिलिपिन्स हुँदै युरोपेली देशसम्म पुर्याउँदै आएकी उनी पहिलोपटक नेपाल आएकी रहिछन् ।

प्रहरीलाई एमपाथोनीले दिएको बयानअनुसार उनी ४० हजार र्यान्ड (नेपाली २ लाख ७३ हजार) पाउने सर्तमा नेपाल आएकी थिइन् । स्याम्पुभित्र कोकिन छ भन्ने उनलाई राम्ररी थाहा थियो ।

चैत १ मा दक्षिण अफ्रिकाबाट दुबई हुँदै ब्राजिल पुगेकी उनी कोकिनको झोल भरिएको स्याम्पुको बट्टा बोकेर पुनः दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन् । प्रहरीका अनुसार त्यही कोकिन भारत हुँदै तेस्रो मुलुक पुर्याउन भारत, नागाल्यान्डकी मेर्सी स्थलमार्गबाट काठमाडौं आएकी थिइन् ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा ब्राजिलबाट आएको कोकिन दिल्ली–इटली हुँदै नेदरल्यान्ड पुर्याउने जिम्मा भारतीयको थियो । मेर्सीलाई भने आफू तस्करको काम गर्दैछु भन्ने थाहा थिएन ।

'मलाई एक परिचितले नेपालमा स्याम्पु र केही विदेशी कपडा आएको छ, त्यो लिएर आइज भनेर पठाएका हुन्,' मेर्सीको बयान उद्धृत गर्दै ब्युरोका प्रहरीले भने, '१५ हजार भारु दिएर नेपाल पठाएका थिए, स्याम्पुमा के थियो भन्ने मलाई थाहा थिएन ।'

विमानस्थलबाट सहजै उम्किए पनि एमपाथोनीको गतिविधि निगरानीबाहिर थिएन । लागुऔषध कारोबार अनुगमन गरिरहेकाको नजरमा उनी परिसकेकी थिइन् । ब्युरोले जब दोस्रो सहयोगी मेर्सी आइपुगेको सूचना पायो, होटल पुगेर दुवैलाई पक्राउ गर्यो ।

'एमपाथोनी अर्की भरियालाई कोकिन बुझाएर साउथ अफ्रिका फर्किंदै रहिछ,' चन्दले भने, 'समयमा सूचना आउँदा दुवै फर्किन भ्याएनन् ।'

प्रहरीका अनुसार ब्युरोको हिरासतमा रहेकी दुई सन्तानकी आमा एमपाथोनी छोरा र छोरी सम्झेर रोइरहन्छिन् । उनीसँगै पक्राउ परेकी मेर्सी भने तीन सन्तानकी आमा हुन् । प्रारम्भिक बयानमा दुवैले आफूहरु कोकिन तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहको सहयोगी –भरिया) रहेको स्विकारेका छन् । मेर्सी त १९ वर्षे छोरीसहित आएकी थिइन् काठमाडौं ।

ब्युरो एसएसपी गणेश केसीका अनुसार नेपाल कोकिन बजार भने होइन । युरोपेली देशको लागुऔषध बजारसम्म पुर्याउन मात्र अन्तर्राष्ट्रिय कारोबारीले नेपाललाई आफ्नो रुटमा पारेका हुन् । चरेस, हेरोइन नेपाल हुँदै अन्य देश भित्रिने गरे पनि कोकिनको चल्तीको रुट नभएकाले अन्तर्राष्ट्रिय कारोबारीले पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएको प्रहरी भनाइ छ ।

ब्युरो अधिकारीका अनुसार कोकिन तस्करमा सक्रिय समूहले पेरु, ब्राजिलको कोकिन युरोपेली देश पुर्याउन नाइजेरिया, फिलिपिन्स, दुबई हुँदै नेपाललाई ट्रान्जिट रुट बनाउने गरेको खुलेको छ । भारतको दिल्ली, मलेसिया, थाइल्यान्ड, इटली हुँदै युरोपेली मुलुक पुर्याउन नेपालमा कोकिन भित्रिने गरेको अनुसन्धान अधिकारीको निष्कर्ष छ ।

'अहिलेसम्मको अनुसन्धानमा नेपाल ट्रान्जिट मात्र हो,' केसीले भने, 'नेपाल कोकिन तस्करीको चल्तीको रुट नभएकाले निगरानी कम हुने भन्दै अन्तर्राष्ट्रिय समूहले नेपाललाई रुटमा पारेको देखिन्छ ।'

४ वर्षमा १९ किलो, ८ भरिया

नेपालमा कोकिन फेला परेको यो पहिलो घटना भने होइन । चार वर्ष अगाडिबाट नेपालमा कोकिनका भरिया पक्राउ पर्न थालेका हुन् । नेपालमा मलेसियन, नामिबियन, पाकिस्तानी, फिलिपिनो र थाई नागरिक कोकिनसहित पक्राउ परीसकेका छन् । सोमबारको पक्राउ घटनापछि भारतीय र दक्षिण अफ्रिकी नागरिकसमेत जोडिए ।

पहिलोपटक २०६८ मा थाई नागरिक सुपरेट्टा मेकेन्टोस कोकिनसहित पक्राउ परेकी थिइन् । उनको पक्राउपछि हेरोइन तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहसँगै कोकिन तस्करले समेत नेपाललाई ट्रान्जिट बनाएको खुलेको थियो ।

कतार एयरबाट अर्जेन्टिना, ब्युनर्सआयर्स हुँदै नेपाल आइपुगेकी सुपरेट्टा पुस २० मा काठमाडौं आएर केही दिन बसी पुनः क्वालालाम्पुर जान विमानस्थल पुग्दा एक किलो कोकिनसहित पक्राउ परेकी थिइन् ।

२०७० फागुन ६ मा २ हजार ८ सय ३० ग्राम कोकिनसहित पाकिस्तानी नागरिक आइसा हुसेन र लुइस अर्थर निही र फिलिपिनी क्रिस्टिना बेयर हेरा पक्राउ परेका थिए । उनीहरु ठमेलको चाक्सीबारीको टेकर्स होम होटलमा पक्राउ परेका थिए ।

दुई किलो कोकिन निलेर दुबई हुँदै काठमाडौं उत्रिएका नामिबियाका रेमन्ड जुंगु ओपेल २०७१ जेठ २३ मा विमानस्थलमै पक्राउ परेका थिए । मलेसियाकी मारिना बिन्ती जमाउद्दिन २०७१ चैत २० मा ११ किलो कोकिनसहित पक्राउ परेकी थिइन् । दोहा हुँदै नेपाल आएकी उनी कोकिनसहित सहजै बाहिरिएर नेपालमा दुई दिन बसिन् । सोही कोकिन बोकेर इटलीको रोम जान विमानस्थल पुग्दा उनी पक्राउ परेकी थिइन् ।

टुनाफिस, क्याप्सुल हुँदै झोल

नेपालमा फेला परेको पहिलो कोकिन टुनाफिसको बट्टामा लुकाइएको थियो । पाकिस्तानी र फिलिपिनोले स्याम्पु, कन्डिसन र लोसनको बट्टामा पाउडर कोकिन ल्याएका थिए । नामिबियन रेमन्डले पाउडर क्याप्सुल ल्याएका थिए, मलेसियाकी मारिनाले ल्यापटप ब्यागमा पाउडर नै लुकाएकी थिइन् । सोमबार भने स्याम्पुको बट्टामा झोल कोकिन फेला पर्यो जुन नेपालमा पहिलो घटना हो ।

इनसाइडक्राइम डटओआरजीका अनुसार बोलेभियन तस्कर समूहले सन् २०१४ बाट लागुऔषध तस्करीमा सक्रिय अन्तर्राष्ट्रिय समूहले पक्राउबाट जोगिन पाउडर कोकिनको साटो झोल कोकिन प्रयोग गर्न थालेका हुन् । यसबीच जुसको बोतल, रम, ट्रान्सफर्मर तेल, मेसिनरी सामग्रीमा लुकाएको झोल कोकिन फेला पर्ने गरेका छन् । २०१५, डिसेम्बर २२ मा कोलम्बिया हुँदै हङकङ आइपुगेको मेसिनरी सामग्रीमा ६२ किलो झोल कोकिन फेला परको थियो ।

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा एक महिला कोकिनको झोलसहित पक्राउ परेको घटनाले विश्वभर चर्चा पायो । हुन्डुरसकी एक युवतीले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर समेत तीन पाउन्ड झोल कोकिन बोकेकी थिइन् ।

ब्युरोका एसपी धीरजप्रताप सिंहका अनुसार उक्त घटनापछि लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संगठनले ब्युरोलाई उक्त घटनाबारे जानकारी दिँदै पछिल्लो समय झोल कोकिनको तस्करी बढेको भन्दै सचेत हुन आग्रह गरेको थियो । सूचना आएको ८ महिनामै नेपालमा झोल कोकिन फेला पर्यो ।

source nagariknews

0 on: "कोकिन ट्रान्जिट बन्दै काठमाडौं"