body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

साउदीमा नेपाली कामदारले एयरपोर्ट पुग्नासाथ पाउनेछन् सुबिधा

 



चैत ३, काठमाडौं । कामका लागि साउदी अरेबिया जाने सबै बिदेशी कामदारहरुलाई साउदी अरेबियाको सरकारले एयरपोर्टमै स्वागत गरि विभिन्न सेवा र परामर्श दिने भएको छ ।

साउदी सरकारले बिदेशी कामदारहरुलाई साउदी टेलिकम कम्पनी (एसटीसी)ले निःशुल्क सिमकार्ड दिनेछ । उक्त सिमकार्डमा केहि मिनेटको फ्रि टकटाइम र एसएमएस सेवा पनि हुनेछ । जसबाट कामदारले विदेश आइपुग्नासाथ आफ्नो परिवारलाई सम्पर्क गर्न सक्ने भएका छन् ।

त्यहाँको अध्यागमन विभागको नेतृत्वमा सुरु भएको यो कार्यक्रमको साउदीका श्रममन्त्री मुफ्रीज अल हक्बानीले मंगलबार उदघाटन गरेका छन् । रियादको किंग केल्हाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सरकारी हेल्पडेस्क उदघाटन गरेर उनले यस कार्यक्रमको औपचारिक सुरुवात गरे । अर्को हप्तादेखि अन्य अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन बिन्दुमा पनि यस्तै कामको सुरुवात गर्ने मन्त्रालयको तयारी छ ।

यो सेवाबाट अब कामदार विमानस्थलमै अलपत्र परेर दुःख पाएको देख्न र सुन्न नपर्ने अपेक्षा गरिएको छ । मोबाइलको सिमकार्डसँगै कामदारले आफ्ना अधिकार, काम, कर्तब्य, देशको कानुन, समस्या परे साउदी सरकारसँग सहयोग माग्ने निकाय र त्यसका प्रक्रियालगायतका विषय समेटिएको ब्रोसर पाउनेछन् । ब्रोसर कामदारकै आफ्नै भाषामा तयार गरिएको हुने अरबन्युज डटकमले जनाएको छ ।

0 on: "साउदीमा नेपाली कामदारले एयरपोर्ट पुग्नासाथ पाउनेछन् सुबिधा"