किन अलग्गिनुभयो ? मलाई साँच्चै गहिरो दुस्ख छ ।’ प्रचण्डले कांग्रेसले गलत निर्णय गरेको भन्दै त्यसलाई सच्याउन पनि अनुरोध गरेका थिए, ‘हिजो लखनउ विद्रोह दबाउन अंग्रेजको आदेशमा नेपाली फौज पठाउने जंगबहादुर थिए, अनि स्वाधीनताका लागि लड्ने भीमसेन थापा पनि थिए । त्यस्तै छिमेकीको इशारामा चल्ने मातृकाप्रसाद कोइराला पनि थिए, देशभक्त बिपी कोइराला पनि थिए, अब हामी जंगबहादुरको बाटो हिँड्ने कि भीमसेन थापाको ? मातृकालाई पछ्याउने कि बिपीलाई ? छातीमा हात राखेर सोच्न म कांग्रेसका साथीहरूलाई अनुरोध गर्दछु ।’ छिमेकीको पहल बढेपछि प्रधानमन्त्री निर्वाचनको अन्तिमसम्म पनि परिणाम के हुने हो भन्नेमा आशंका थियो, तर एमाओवादी अध्यक्ष प्रचण्ड एमालेको पक्षमा दृढतापूर्वक उभिएनन् मात्र नेपालको सरकार नेपालीकै बलमा बनाउने अभियान सफल बनाउन सक्रियतापूर्वक आफैँ खटिए । त्यसैले नै हो, एमाले अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री भएका छन्, तर देशमा प्रचण्ड पनि प्रशंसाका पात्र भएका छन् । त्यसो त नेपालको सरकार नेपाली जनताका प्रतिनिधिका बलमा मात्रै बनाउन प्रचण्डले पहिलोपटक पहल गरेका होइनन् । उनकै ‘बोल्ड डिसिजन’ले एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचिचत भएका थिए । भलै, एमालेभित्रकै असहयोगले खनाल सरकार असफल भयो । राज्य सञ्चालनमा छिमेकीको हस्तक्षेप स्वीकार गर्न नसक्ने भन्दै प्रचण्डले ०६६ मा अनपेक्षित रूपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । त्यही दिनदेखि नै संविधान निर्माणको मुख्य एजेन्डा ओझेलमा परेर सरकार बनाउने–ढाल्ने खेल सुरु भएको थियो । तर, प्रचण्डले नै कांग्रेस–एमालेसँग सहमति गरेर संविधान बनाए, एमालेसँग मिलेर सरकार बनाएका छन् । अब राजनीति आफ्नै स्वाभाविक र सामान्य गतिमा अघि बढ्ने बाटो खुलेको छ । संविधान निर्माणदेखि सरकार गठनसम्म प्रचण्डको अडान र अभिव्यक्ति देखेर राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालमा पनि चर्चा–परिचर्चा भइरहेको छ ।
0 on: "प्रचण्डको अर्को ‘बोल्ड डिसिजन’"