body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

कहाँ-कहाँ बाँडिदै छ आज पेट्रोल ? (सूची सहित)

 

आश्विन २६, २०७२- नेपाल आयल निगमले मंगलबार सबै पम्पबाट पेट्रोल बाँड्ने तयारी गरेको छ । दसैं नजिकिएपछि यात्रुलाई गन्तव्यतर्फ र सवारी चलाउन सजिलो होस् भनेर निजी सवारीलाई इन्धन वितरण गर्न लागेको निगमले जनायो । ‘मंगलबार उपत्यकामा रहेका सबै पम्पबाट पेट्रोल वितरण गर्ने योजना छ,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘दसैंका लागि निजी सवारी साधनले तेल पाउने छन् ।’ गृह मन्त्रालय, वाणिज्य, सुरक्षा निकाय र निगमसहित शनिबार भएको बैठकले निजी सवारीलाई पेट्रोल दिने निर्णय भएको थियो । सोहीअनुसार आयल निगमले पेट्रोल वितरण गर्न लागेको हो । निगमका अनुसार उपत्यकामा करिब १ सय २५ पम्प छन् । ती सबै पम्प गरेर करिब ६ सय किलोलिटर पेट्रोल वितरण गरिने प्रवक्ता बरालले बताए । अघोषित नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि निगमले वितरणमा भारी कटौती गर्दै आएको छ । दैनिक ३ सयदेखि साढे ३ सय किलोलिटर वितरण हुने पेट्रोल अहिले ४० देखि ५० हजार लिटर मात्रै वितरण गर्दै आएको छ । यस्तै डिजेलमा वितरणमा पनि कटौती गरेर औसत १ लाख ५० हजार लिटर वितरण गर्दै आएको छ । यसअघि दैनिक साढे ४ सय किलोलिटर डिजेल वितरण हुन्थ्यो । मंगलबार मोटरसाइकल र कार/जिपमा जोरबिजोर लागू नहुने बताइएको छ । निर्णयअनुसार मोटरसाइकललाई ५ लिटर र कार/जिपलाई १५ लिटर इन्धन दिइने छ । ‘सबैले पेट्रोल पाऊन् भन्ने उद्देश्यले ६ सय किलोलिटर पेट्रोल वितरण गर्ने योजना बनाएका छौं,’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार वाग्मती अञ्चलमा ८ लाख २८ अजार १ सय ७९ वटा निजी सवारी (मोटरसाइकल/कार/जिप/भ्यान) दर्ता भएका छन् । जसमध्ये ६ लाख ५७ हजार मोटरसाइकल/स्कुटर दर्ता भएका छन् । यस्तै १ लाख ३ जार ७ सय ९२ कार/जिप/भ्यान दर्ता भएको विभागको तथ्यांकमा छ । निगमका अनुसार उपभोक्ताले पेट्रोल लिन ब्लुबुक लिएर पम्पमा जानुपर्ने छ । निगमका अनुसार मंगलबार थानकोट डिपोबाट विभिन्न लटअनुसार पेट्रोल बोकेको ट्यांकर उपत्यकामा पठाइने छ । पहिलो लट ११ देखि १२ बजे थानकोटबाट ट्यांकर उपत्यका लागि छुट्ने छन् । ती ट्यांकरले उपत्यकाका विभिन्न पम्पहरूमा पेट्रोल वितरण गर्ने छन् । पहिलो लटको इन्धन वितरण गरेपछि ट्यांकरहरू पुन: थानकोट डिपोमा पुगि पेट्रोल उपत्यकामा पठाउने छन् । उपभोक्ताले पनि सोहीअनुसार पेट्रोल पाउने निगमले जनायो । ‘विभिन्न लट अनुसार इन्धन उपत्यकामा पठाउँछौं । पहिलो लट १२ बजेभित्र उपत्यका पुग्छ,’ प्रवक्ता बरालले भने, ‘पम्पले इन्धन पाउने बित्तिकै वितरण सुरु हुन्छ ।’ थानकोट डिपोबाट ६/७ बजेसम्म ट्यांकर पठाइने उनले बताए । यस्तै मंगलबार डिजेल वितरणमा भने केही कटौती गर्ने निगमको तयारी छ । मंगलबार मुख्यत: पेट्रोल वितरणमा केन्द्रित हुने भएकाले सीमित मात्रामा डिजेल वितरण गर्ने निगमको योजना छ । सोमबार ८६ पम्पबाट ४ लाख ७ हजार लिटर डिजेल वितरण गरिएको थियो । यस्तै इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल पठाउँदै आएको इन्धनको लोडिङमा वृद्धि गरेको छ । केही दिनअघि फाट्टफुट्ट (१० प्रतिशत) मात्रै लोड दिँदै आएको निगमले सोमबार ६२ ट्यांकरमा लोड दिएको छ । बरालका अनुसार सोमबार १ सय ९६ ट्यांकर लोडिङका लागि गएका थिए । तीमध्ये सिलगुडी नाकामा २२, धनगढीमा २२ र नेपालगन्जमा १८ ट्यांकरमा लोड भएको निगमले जनायो । इन्धन लोड भएको ट्यांकर भने नेपाल नभित्रिएको जनाएको छ । ‘सोमबार लोड भएको ट्यांकर नेपाल छिरेको छैन,’ बरालले भने । साढे ८ लाख मोटरसाइकल/कारलाई ६ लाख लिटर बाँडिने, सीमित मात्रामा डिजेल वितरण हुने, थानकोट डिपोबाट पहिलो लट ११–१२ बजे छुट्छ, सोहीअनुसार पम्प र उपभोक्ताले पायला

0 on: "कहाँ-कहाँ बाँडिदै छ आज पेट्रोल ? (सूची सहित)"