
तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ । यस्ता व्यक्तिले कुनै कलामा मध्यम प्रगति गर्दछ । तर उसको जीवनमा कुनै समय संकटको बादल मडारिएको हुन्छ किनकी भाग्य रेखा जिवन रेखालाई उछिन्नेर अघि बढेको छ ।
हत्केलाको मध्यममा मस्तिष्क रेखाबाट निक्लिएर कुनै रेखा शनि पर्वत गएको छ भने, त्यो धेरै उत्तम
हुन्छ । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्ति सामान्य परिवारमा जन्म लिएर पनि आफ्नो योग्यता र लगनशिलताले सफलताको शिखरमा पुग्दछ । शनि पर्वत पट्टि गएर रेखा दुई भागमा बाँढियो भने त्यो व्यक्ति धेरै नै उत्तम अर्थात फलदायी हुन्छ ।
भिडीयो हेर्न को लागि तल को बक्स मा क्लिक गर्नु होस्
0 on: "हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस…"