भारतको चेन्नाईबाट नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय
राजदूतावासको खातामा ९५ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको स्रोतबाट
भर्खरै जानकारी प्राप्त भएको छ ।
भोली(आइतबार) हुने प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी
ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च स्रोतले
जानकारी दिएको हो ।
राति साढे ८ बजेको समयमा उक्त रकम चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका
कर्मचारी (Turai murgan)को नाममा SBI बैङ्कको (A/C number- 77008903617)
मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको जानकारी भर्खरै प्राप्त भएको छ ।
पैसा काठमाडौं आएपछि केही सभासद भारतीय दूतावास लैनचौर पुगेका छन् ।
दूतावासले बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ ।
प्रति सभासद पचास लाखका दरले पैसा बाँडिएको स्रोतको दाबी छ ।
0 on: "सभासद् किन्न भारतबाट रातारात डेढ अर्ब रुपैयाँ काठमाडौ आयो, भारतीय दूतावासबाट वितरण हुँदै "