body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

भारतलाई ३ धक्का १ सफलता

 

काठमाडौं– संविधान निर्माण र नयाँ सरकार गठनसम्मको राजनीतिक घटनाक्रममा दक्षिण छिमेकी भारतलाई देखिने गरि तीन धक्का खानु परेको छ । तीन धक्का आएको भारतलाई भने एउटा सफलता मिलेको विश्लेषण हुन थालेको छ । राजनीतिककर्मी तथा कुटनीतिक क्षेत्रका मानिसहरु अनौपचारिक कुराकानीमा दिल्लीले खाएको धक्कामाथि बताउँन थालेका छन् । उनीहरुसँग भएका अनौपचारिक कुराकानीमा यस्ता छन् भारतले खाएका धक्का, पाएको सफलता र भावी योजना । 



धक्का –१

प्रमुख चार दलवीच २५ जेठमा भएको १६ बुँदे सहमति भारतीय चासो र दवावविना भएको थियो । आफुहरुको चासो सम्बोधन नगरि प्रमुख दलहरुले संविधान निर्माणका लागि गरेको सहमति नेपालको संविधान निर्माणका लागि भारतको पहिलो धक्का थियो । त्यस अगाडिसम्म भारत सत्तारुढ र विपक्षीवीच दुरी बढाउन तथा संविधान निर्माण प्रक्रिया रोक्न सफल भएको थियो । १६ बुँदे सहमति लगत्तै भारतीय अधिकारीहरुले त्यसमा आफ्नो समर्थन नभएको बताएका थिए । सार्क सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीले १६ बुँदेले तराई–मधेश केन्द्रित दलहरुको चासो र माग सम्बोधन नगरेको भन्दै उनीहरुलाई समेत लिएर संविधान बनाउन नेपालका प्रमुख दलका शीर्ष नेताहरुलाई सुझाव दिएका थिए ।



धक्का – २

१६ बुँदे सहमतिमा आफ्नो असन्तुष्टि राखेको भारत त्यसको जगमा सकेसम्म संविधान नबनोस भन्ने चाहनामा देखिन्थ्यो । यसका लागि उसले राजनीतिक दलका नेताहरुमाथि अनौपचारिक दवाव बनाईराखेको थियो । जव दलहरु संविधान जारी गर्ने अन्तिम तयारीमा थिए, भारतले आफ्नो असन्तुष्टि देखिने गरि नै बाहिर ल्यायो । भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत बनेर काठमाडौं आएका विदेशसचिव एस जयशंकरले असोज ३ गते संविधान जारी नगर्न दवाव नै थिए । एकातिर तराई–मधेशमा चलेको आन्दोलनलाई समर्थन दिएर तथा काठमाडौंमा दलका नेताहरुलाई दवाव दिएर भारतले असोज ३ मा संविधान जारी हुनबाट रोक्न अन्तिम प्रयास गरेको थियो । तर, उसको प्रयास सफल भएन , असोज ३ गते प्रमुख दलहरुले संविधान जारी गरे । संविधान निर्माणका क्रममा भारतको लागि यो अर्को ठूलो धक्का थियो । नेपालमा भएका आफ्ना दुई भ्रमणमा मोदीले सहमतिमै जोड दिएका थिए । पछिल्लो पटक दिल्ली भ्रमण गरेका पूर्व प्रधानमन्त्रीद्धय प्रचण्ड र शेरबहादुर देउवामार्फत पनि मोदीले आफ्नो सन्देश दिएका थिए । संविधान निर्माणको आधार बनाउने १६ बुँदे सहमतिदेखि मतदान प्रक्रियासम्ममा दिल्लीसँग समन्वय नगरेको, दिल्लीको चासो नसमेटिएको देखिएको थियो, जुन कुरा दिल्लीलाई मन नपरेपछि जयशंकर पठाइएको थियो ।


 धक्का – ३
भारतले आफ्नो चाहना विपरित नेपालमा संविधान जारी भएपछि नयाँ रणनीति तयार पार्यो । पछिल्लो पटक भारतप्रति अनुदार देखिएका केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने गरि खेल शुरु गर्यो । यसैका आधारमा काग्रेस सभापति सुशील कोइराला पुन: प्रधानमन्त्रीका उम्मेद्वारका रुपमा अगाडि बढन सुझाव दियो । यो विषयमा काग्र्रेसभित्रै कोइरालाको आलोचना समेत भयो । संविधानसभा छाडेर आन्दोलनमा होमिएका तराई–मधेशका दलहरुलाई काठमाडौंमा ल्याएर प्रधानमन्त्री निर्वाचनमा मतदान प्रक्रियामा सहभागी गराउँदा पनि भारत आफ्नो मिसनमा पुरा भएन । एमाओवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका साना दलहरुको सहयोगमा असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । अघोषित नाकाबन्दीमा उत्रेर नेपालको प्रधानमन्त्री चयन प्रभावित बनाउने भारतीय खेल थियो ।
जहाँ मिल्यो सफलता


भारतका लागि १६ बुँदे, संविधान जारी र नयाँ प्रधानमन्त्री चयन देखिने खालका धक्का थिए । यसबाहेक दीर्धकालीन महत्वको एउटा धक्का दिल्लीले महसुस गर्नुपर्यो । आफ्ना मिसन जसो मिसन फेल भएपछि भारतले अर्को झड्का खानुपर्यो कुटनीतिक तवरले । नेपालमा नाकाबन्दीसम्मको हर्कतमा उत्रदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि अन्तराष्ट्रिय क्षेत्रमा विग्रियो । भारतमा मोदी प्रधानमन्त्री भएपछि उनी नेपाल भ्रमणमा आएर नेपालमा रहेको भारत विरोधी भावनालाई घटाउने प्रयास गरेका थिए र त्यसमा उनलाई सफलता पनि मिलेको थियो । तर, १६ बुँदे, संविधान जारी र नयाँ प्रधानमन्त्री चयनमा भारतले देखिनेगरि हात हालेपछि नेपालमा भारत विरोधी भावना बढेर गएको छ । नाकाबन्दीले भारत विरोधी भावना झन् माथि उठेको छ । यो भारतका लागि नेपालबाट पैदा भएको दीर्धकालीन महत्वको धक्का हो ।

जहाँ मिल्यो सफलता
संविधानसभा गठन देखि नै नेपालका प्रमुख दलहरुबीच मतभेद भारतको प्राथामिकतामा थियो र जेठ २५ गते भएको १६ बुँदे सहमति अगाडिसम्म पनि भारतलाई यसमा सफलता मिलेको थियो । जानकारहरुका अनुसार जव प्रमुख दलहरु संविधान निर्माणमा एक ठाँउमा आए

अवको योजना
आफुले ठुला धक्का आएर भएपनि एउकटा सफलता प्राप्त भएकोमा भारतलाई केही राहत भएको छ । तर, अव पनि यसका रणनीति योजना क्रमश सतहमा आउने परराष्ट्र मामलाका जानकारहरु बताउँछन् । संविधानसभाबाट संविधान जारी हुँदा कार्यम रहेका असन्तुष्टिको जगामा अस्थिरतालाई निरन्तरता दिने दिल्लीको ‘गेमप्लान’ रहेको बताइन्छ । भारतको अवको योजना संविधान कार्यन्यवनमा जटिलता पैदा गर्नु हुनेछ । आन्दोलनरत दलहरुसँग सहमति भएपनि संविधान संसोधनका लागि दुई तिहाईको आबश्यक पर्छ । संविधान संसोधनका लागि काग्रेसको समर्थन चाहिन्छ । 

source :ratopati.com



0 on: "भारतलाई ३ धक्का १ सफलता"