महिलाहरुमा गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरूको प्रयोगले चाँया पोतो आउने हुन्छ । चाँयापोतोबाट बच्नको लागि सर्वप्रथम अनुहारलाई घामबाट बचाउन सक्नुपर्छ । महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।
तसर्थ चाँयापोतोको कारण पत्तालगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ । चाँया हटाउने उपाय विभिन्न छन् । औषधिको प्रयोग, केमिकल पिलिङ्ग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ । भित्री छालाको पत्रमा हुने चाँया र माथिल्लो पत्रमा हुने चाँया गरि यी दुई प्रकारको हुन्छ । छालाको माथिल्लो पत्रमा हुने चाँया सजिलै औषधिहरूबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । यसको लागि लेजर प्रविधि अपनाउनु पर्छ । यसका साथै सन ब्लकको प्रयोग पनि चाँयाबाट बच्न सकिने उत्तम उपाय हो ।
0 on: "अनुहारमा चाँयापोतो आउनुका विशेष गरि तीन चार कारण "