,
चितवन, २३ चैत । चितवनको दारेचोकमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धादिङबाट पोखरा जाँदै गरेको ग १ ख ६१८५ नम्बरको बसमा सवार धादिङको सल्यान्टारका २३ बर्षीया नानुमाया परियारलाई विपरित दिशाबाट आएको ना ४ ख ४१४३ नम्बरको ट्याङ्करले ठक्कर दिँदा मृत्यू भएको हो ।
चितवनको दारेचोक ९ पानी धारा भन्ने ठाउँमा मंगलबार दिउँसो २ बजे गुडिरहेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विपरीत दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा नानुमायाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
घाइते परियारलाई भरतपुर अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको ईलाका प्रहरी कार्यालय मुग्लिङका इन्चार्ज प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
ट्याङकर र चालकलाई प्रहरीले नियान्त्रणमा लिएको छ । नानुमायाको साथमा रहेका एक बालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
-गंगालाल गुरुङबाट
0 on: "बसको झ्यालबाट टाउको निकाल्दा ज्यान गयो"