body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

'सन्सक्रिम' ले वीर्यशक्ति घट्ने

 




कोपेनहेगेन-सूर्यले फ्याँक्ने हानिकारक किरण रोक्ने क्रिम लामो समयसम्म लगाइरहनाले गर्भदान गर्ने शक्ति कम हुने एउटा अध्ययनले देखाएको छ । शोधकर्ताहरूले गरेको २९ वटा अल्ट्राभ्वाइलेट फिल्टर गर्ने क्रिमहरू नियमित लगाउनेहरूमाझ गरिएको शोधबाट यो कुराको खुलासा भएको हो।


संसारभर नै गएको ५० वर्षमा वीर्यको संख्या क्रमशः घट्दै गइरहेको र सबैभन्दा कम वीर्य हुने पुरुषहरूमाझ जाँच्दा उनीहरूले दैनिक रुपमा सौन्दर्य प्रशाधनका विभिन्न क्रिमहरू लगाउने गरेको पाइएको थियो ।

कोपेनहेगेन विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको शोधअनुसार नियमित रुपमा गोरो बनिरहन र सूर्यमा रहेका हानिकारक परावैजनी किरण रोक्न लगाइने क्रिमले पुरुषहरूको शुक्रकीट बन्ने प्रक्रियालाई गम्भीर असर पारिरहेको छ ।

विश्वविद्यालयको इन्डोक्रोनोलजिस्ट निल्ज स्काकेबेकले अगुवाइ गरेको सो अध्ययनबारे हालै बोस्टनमा एउटा अध्ययन प्रतिवेदन पेस गरेका थिए । उनको यो तथ्य प्रकाशित हुन भने बाँकी छ ।

'परावैजनी किरण रोक्न जस्ता रसायन प्रयोग गरिन्छन्, तिनले स्वास्थ्यमा असर त पार्छन् नै खासगरी शुक्रकीट निर्माणमा गम्भीर असर पु¥याउँछन्,' स्काकेबेकले भने । अमेरिका र युरोपमा पाइने ३१ मध्ये २९ वटा क्रिममा सो किसिमको समस्या पाइएको बताइएको छ । 'पछिल्लो समय निःसन्तान हुने समस्या किन बढिरहेको छ भन्दा यस्ता पनि कारण हुन सक्छन्, जसमाथि धेरै कमको ध्यान गइरहेको छ,' उनले भने ।

त्यस्ता क्रिम लगाउँदा छालाले क्रिममा भएका विविध तत्वहरू सोस्छ । सोसिएका तत्वहरू रगतमा मिसिन्छन् । रगतबाट नै वीर्य बन्ने हुनाले ती हानिकारक तत्वहरूले असर पु¥याइरहेको अनुसन्धाताहरूको धारणा छ । शोधमा प्रयोग गरिएका अधिकांश मूत्र नमुनामा ९५% युभी फिल्टरहरू पाइएको उनले जनाए । त्यसो त ती क्रिमकै कारणले शुक्रकीटलाई नै प्रभाव पारेको हो होइन भन्ने विषयमा अझै गहन अध्ययन गरिनुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।

स्काकबेकले अन्य कयौं कारणमध्ये क्रिमले पनि शुक्रकीटलाई असर पु¥याइरहेकाले छालाका लागि प्रयोग गरिने क्रिमहरू छनोट गर्दा ध्यान दिनुपर्ने बताए । मध्यदिनमा कम हिँड्ने, टाउकोदेखि अनुहारसम्म छोपिने टोप लगाउने, पूरा छाला छोपिने गरी लुगा लगाउने गर्नाले क्रिम लगाइरहनु नपर्ने केही विज्ञको धारणा छ ।

0 on: "'सन्सक्रिम' ले वीर्यशक्ति घट्ने"