body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

बाबुरामको चुनौति : एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर बिसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद

 

 गोरखा, असोज १६ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको एक हप्तामा नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्रसम्मको दौडधुपको अनेकौं नाटकको पटाक्षप हुने बताएका छन् । आज गोरखा बजारमा पूर्वप्रधानमन्त्री तथा गोरखा–१ का पूर्वसभासद्को रुपमा उनले नै आयोजना गरेको

भेटघाट, शुभ–कामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने – ‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ तर एक हप्ता पर्खिएर हेर्नुस् नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले । पर्दापछाडि मञ्चन भइराखेको छ, मैले त देखिराखेको छु, तपाईंहरुले अझै देख्नुभएको छैन । एक हप्ता पर्खिएर हेर्नुस् अनि नाटक कसरी मञ्चन हुन्छ, कसरी पदका लागि चाकडी र दलाली गरिन्छ त्यो देख्नुहुन्छ ।’
उनले भने – ‘एकै पटकमा ५/१० जनालाई प्रधानमन्त्रीको र अहिले त झन् राष्ट्रपति लगायत थुप्रै पद विज्ञापनमा छन्, त्यसको निम्ति कसरी लोभ्याइन्छ, शक्तिकेन्द्रसम्म कसरी मान्छेहरु धाउँछन् र के हुन्छ त्यो नाटक मैले त अलिअलि देख्न पाएको छु तपाईंहरुले पनि देख्दै जानुहोला ।’
‘तराई–मधेश र थारुवान बाहुल्य क्षेत्र नेपालको अत्यन्त संवेदनशील क्षेत्र छ । उतापट्टि विशाल भारत छ र भारतसँग खुला सीमानामा जोडिएको क्षेत्रमा अशान्ति भयो भने त्यो अशान्तिको बहानामा छिमेकीले हस्तक्षेप गर्‍यो भने के हुन्छ ? नेपालको राष्ट्रिय अखण्डतामाथि असर गर्छ कि गर्दैन ? भनेर मैले सामाजिक सञ्जालमार्फत सचेत गराएको थिएँ । मैले स्थिति बिग्रिएर अर्काले खेल्ने परिस्थिति आउनुभन्दा पहिले हामी आफैंले बुझेर यसको समाधान गरौं भनें । तर त्यसो भन्दा बाबुरामले उक्साउन खोज्यो, देशलाई विखण्डनतिर लान खोज्यो भन्ने कुराहरु आए’, उनले भने – ‘अनि तिनै मान्छेहरुले बडो राष्ट्रवादका कुराहरु गरे । कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे । हेर्नुस्, उनीहरुका स्वर के हुँदै गएको छ अहिले ? जब पदका ललिपप देखाउन थालियो अनि ती राष्ट्रवादका स्वर कसरी मत्थर हुँदै गइराखेका छन्, तपाईंहरुले हेर्नुहोला । एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद ।’

मौसमविद्ले समुद्रबाट आँधी आउने कुरा विभिन्न माध्यमबाट पहिले नै देखेर मान्छेहरुलाई सचेत गराएजस्तै राजनीतिकर्मीहरुले पनि अझ जो नेतृत्वमा छ उसले टाढाको देख्न सक्नुपर्ने उनले बताए । ‘देशको जटीलता के हो ? भू–राजनीतिक अवस्था के हो ? सुगौली सन्धीपछि २०० वर्षदेखि दक्षिणी छिमेकीले कसरी हामीमाथि हेपाहा खालको नीति लिँदै आएको छ ? कसरी पटक पटक हस्तक्षेप गर्दै आएको छ भन्ने हामीलाई थाहा छैन ?’, उनले भने – ‘तराई–मधेश, थारुवान क्षेत्रको आन्दोलन भड्कियो भने त्यसलाई बहाना बनाएर दक्षिणी छिमेकीले हस्तक्षेप गर्ने हो भने के हुन्छ ? श्रीलंका र काश्मिर बन्ने खतरा रहन्छ कि रहँदैन ? त्योभन्दा पहिले हामी आफैंले आफ्नो देशको समस्या समाधान गरौं भन्ने मेरो भनाइ थियो । तपाईंहरु सबैले घोत्लिएर विचार गर्नुहोस् आखिर कसले परसम्म देखेको रहेछ ? को दूरद्रष्टा रहेछ ? को चाहिँ अत्यन्त अज्ञानी र अदूरदर्शी रहेछ ?’

‘हामीले त्यतिबेला भन्दाखेरि उनहरुले वास्ता गर्नुभएन, केही पनि हुँदैन भने । अहिले हामीकहाँ उखान छ नि ‘बाघ आयो घिच्याउन, … लाग्यो चिच्याउन’ जस्तो भएको छ’, डा. भट्टराईले भने – ‘बेलामा चाहिँ हाम्रो बुद्धि नआउने, आफ्नो त आएन आएन अर्कोले भनिदिँदा पनि बुद्धि आएन अनि जब बाघ आइसक्यो रोइकराइ गरेर हुन्छ ? त्यही भइराखेको छ अहिले ।’
देशको राष्ट्रिय अखण्डता बचाउने हो भने २०० वर्षदेखिको कटु अनुभव, ठूलो छिमेकीले असमान सम्बन्ध लादेर पटक–पटक हेपुवामा, चेपुवामा परेको अनुभव समेतलाई ध्यान दिएर त्यसबाट उम्कने हो भने अब हाम्रो देशको समस्या हामी आफैंले हल गर्नुपर्ने खबरदारी आफूले गरेको उनले बताए । ‘यो देशका सबै जाति, भाषा, क्षेत्र, समुदायका जनतालाई विश्वासमा लिएर देशलाई एकतावद्ध गर्नुपर्छ । हाम्रो जुन व्यापार–घाटा पूरै चुलिएर ऊसँग आश्रित छौं हामी । पेट्रोलियम पदार्थको हाहाकार किन भएको छ त अहिले ? किनकि शतप्रतिशत एकै ठाउँबाट ल्याउन बाध्य भएका छौं । त्यसैले यो परनिर्भरता हटाउनुपर्छ’, उनले भने – ‘यसरी एकापट्टि सबै जनतालाई अधिकारसम्पन्न बनाएर राष्ट्रिय एकता बलियो पार्ने र अर्कोपट्टि दुई तिहाई ब्यापार भारतसँग गछौं, पेट्रोलियम पदार्थ शतप्रतिशत भारतबाट आयात गर्छौं, यस्तो जुन परनिर्भरता छ यसलाई हटाएर बैकल्पिक व्यवस्था गरेर देशलाई आर्थिक रुपमा सम्पन्न बनाएर बल्ल हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ । त्यसपछि कोही विदेशीले, परचक्रिले जोरी खोजेछ भने त्यो बेलामा हामी लड्न सक्छौं । मेरो भनाइ त्यो थियो । तर त्यो सुनिएन उल्टै जसले यो कुरा भन्यो यो राष्ट्रघाती हो, कसैको एजेन्ट हो, दलाल हो भनेर अनावश्यक ढंगले ‘जो चोर उसकै ठूलो स्वर’ गरियो । जसले देश र राष्ट्रको हितमा कुरा गरेको छ त्यसको बदनाम गरियो ।’
‘पुराना शासक वर्गले पटक पटक आफूलाई अप्ठेरो पर्दा, आफ्नो स्वार्थ सिद्धिका निम्ति राष्ट्रियता जस्तो पवित्र कुराको दूरुपयोग गरेर जनतालाई ठग्ने र नेपाली राष्ट्रियतालाई नै उपहास गर्ने, अपहेलना गर्ने गरेका थिए अहिलेका यी नयाँ शासक भन्नेहरु, लोकतान्त्रिक र वामपन्थी भन्नेहरुले समेत त्यो हर्कत गरिराखेका छन् यो अत्यन्त दु:खद् छ । यसको विरुद्धमा मैले विद्रोह गरेकै हो । मेरो विद्रोह त्यसैमा हो । जनतालाई अब ढाँट्न सकिँदैन, २१ औं शताब्दीका जनता त्यसमाथि १५/१६ हजार जनताले बलिदान दिएर जुन परिवर्तन ल्याएका छन् यसको पक्षमा, यसलाई बचाउनको निम्ति कसैले बोल्नैपर्छ भनेर मैले बोलेकै हो’, उनले भने ।

पार्टी परित्याग आश्चर्यको विषय होइन
सम्बोधनकै क्रममा उनले आफ्नो एमाओवादी पार्टी परित्याग कुनै आकस्मिक विषय नभएको पनि बताए । गत एक/डेढ वर्षदेखि नै संविधानसभाबाट संविधान बनेपछि मूलत: पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएर आर्थिक क्रान्ति र समृद्धिको चरण सुरुवात हुने र त्यो स्थितिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता पर्ने कुरा भन्दै आएको र अहिले असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएको सन्दर्भमा नयाँ शक्ति निर्माणको छलफलका निम्ति सहज होस् भनेर नै आफूले पार्टी परित्याग गरेको उनको स्पष्टोक्ति थियो । नयाँ विचार, नयाँ राजनीतिक कार्यदिशा, नयाँ संगठन, नयाँ कार्यशैली, संस्कार सहितको नयाँ नेतृत्व भएको नयाँ शक्ति निर्माणका लागि बृहत् छलफलका लागि नै एक्लै पार्टी परित्याग गरेको उनले बताए । पार्टी परित्याग गर्दा स्वत: नै संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद् सदस्य पनि त्याग्नु पर्ने भएकाले सोहीअनुसार त्यागेकोले अन्यथा नमान्न पनि उनले आग्रह गरे । उनले आफूलाई जिताएर पठाउने जनतालाई धन्यवाद समेत दिए । आफ्नो पार्टी परित्यागबाट चिन्तित नहुन पनि उनले आग्रह गरे ।



‘हाम्रोमा अक्सर मानिसहरुको स्वभाव र बानि के हुन्छ भने निरन्तरतामा नै गइराख्ने । फेरि हाम्रो कृषिप्रधान निर्वाहमुखी अर्थतन्त्रमा बाँचेको मान्छेहरुको जीन्दगीमा जन्मेदेखि मृत्युको बेलासम्म पनि दिनचर्यामा खासै परिवर्तन आउँदैन । उही दिनचर्या, उही खेतीपाती, उही खानपिन, उही गाऊँ–बेशी, उही बस्तुभाउ गरेर नै हाम्रो जीन्दगी वितिराखेको छ’, उनले भने – ‘त्यसैले हाम्रो मानसिकता पनि के बनेको हुन्छ भने निरन्तरतामा सहज मान्ने तर निरन्तरतामा क्रमभंग, नयाँपन भयो भने लौ न के भयो भनेर असहज मान्ने, नयाँ परिघटना हुँदा अत्यन्त आश्चर्यचकित हुने, त्यसको गहिराइ बोध गर्न नसक्ने, चिन्तित हुने अवस्था बन्छ । तर तपाईंहरु त्यसरी चिन्तित हुनु आवश्यक छैन ।’ उनले आफूले व्यवस्थापिका–संसद् सदस्यबाट राजीनामा दिए पनि पूर्वप्रधानमन्त्रीको हैसियतमै पनि जनताको सेवा गर्न सक्ने र देश र जनताको सेवा गर्ने कुरामा कुनै पनि फरक नआउने विश्वास दिलाए ।
उनले पहिलो संविधानसभामा निर्वाचित भएपछि ४८ महिनामा ५२ पटक र दोस्रो संविधानसभाको कार्यकालभर पनि प्रत्येक महिना, त्यसमा पनि भूकम्पपछिका महिनामा महिनामै दुई/तीन पटक पनि गोरखा आएको स्मरण गर्नुभयो । सँगसँगै संविधानसभाको कामको चापले गर्दा गएको भदौ महिनामा चाहिँ आफू आउन नसकेको पनि बताए ।

केही समय राजनीतिक भूकम्पको परकम्प
सम्बोधनको क्रममा उनले आगामी केही दिन, केही महिना उथलपुथल हुन सक्ने बताए । बैशाख १२ मा गएको ठूलो भूकम्पको परकम्पहरु अहिले पनि फाट्टफुट्ट गइराखेको सन्दर्भ उल्लेख गर्दै उनले असोज ३ मा राजनीतिक रुपमा ठूलो भूकम्प गएको र त्यसका परकम्पहरु केही समय देखा पर्ने बताए । ‘संविधानसभाबाट संविधान बनेर एउटा युग त पूरा भयो । त्यो एक ढंगको समाज विकास र परिवर्तनको ठूलो भूकम्प त गयो तर त्यो त्यत्तिकै सिद्धिँदैन । तराई–मधेशमा, थारुवान क्षेत्रमा भएको आन्दोलन र पछिल्लो चरणमा सीमा नाघेर भएको भारतीय नाकाबन्दी र त्यसले निम्त्याएको अस्तव्यस्तता युग समापनरुपी राजनीतिक भूकम्पका क्रममा आएका परकम्पहरु हुन्’, उनले भने – ‘मुख्य भूकम्प आइसकेपछि तत्काल त्योभन्दा ठूलो भूकम्प आउँदैन, अलि पछि नै आउँछ । नियम नै त्यस्तै हो । तत्काल आउने भनेको त्यो भन्दा साना परकम्पहरु हो । अब यी परकम्पहरु पनि केही समयपछि क्रमश: घट्दै जान्छन् र त्यसको अन्त्य भएर नयाँ स्थिरता हामीले पाउनेछौं ।’
संविधानसभाको मुख्य समिति संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रुपमा, पछि बनेको शीर्ष नेताहरु रहेको आफ्नै नेतृत्वको विशेष समिति, त्यसपछि मस्यौदा समितिका सभापतिसमेतको समिति र अन्त्यमा आनुषांगिक सुधार समितिमार्फत संविधानसभाको अन्तिम काम समेत आफ्नै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै उनले अहिलेको संविधान निर्माणबाट सबैभन्दा सन्तोष र गर्वको महसुस आफूलाई भएको स्पष्ट पार्नुभयो । उनले आफ्नै जोडबलमा नै पार्टीमा संविधानसभाको नारा स्थापित गरेर राष्ट्रिय एजेण्डा बनाउँदै अहिलेको संविधान निर्माणसम्म आइपुगेकोमा आफू सबैभन्दा खुशी भएको बताए । मधेशी, थारु, मगर लगायतका असन्तुष्ट क्षेत्र/समुदायको मागलाई समेत सम्बोधन गरेर जाँदा मात्रै संविधानको स्वामित्व सबैले ग्रहण गर्ने र संविधानको कार्यान्वयन सहज हुने र दीगो शान्ति स्थापना हुन्छ भन्ने कुरा गर्दा केही व्यक्तिहरुले ती समुदायका माग केही पनि होइनन् भनेर बेवास्ता गरेको उनले बताए । त्यही कुरालाई लिएर आफूलाई संविधानविरोधीको रुपमा दुश्प्रचार गरिएको उल्लेख गर्दै उनले त्यस्तो भ्रममा नरहन पनि आग्रह गरे ।
तराईं–मधेश र पहाडलाई भावनात्मक रुपले जोड्ने प्रयत्नस्वरुप डा. भट्टराई गोरखापछि भैरहवा हुँदै धनगढीसम्म जानेछन् ।

0 on: "बाबुरामको चुनौति : एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर बिसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद"