नेपाल भित्रिँदै गरेका गाडीलाई मोर्चाका कार्यकर्ताले अवरोध पुर्याउन खोजेपछि झडप भएको हो । प्रहरीले मोर्चाका कार्यकर्तालाई सीमा क्षेत्रबाट धपाएको छ ।
मोर्चाका केही कार्यकर्ता भनेभारतीय भूमितर्फ भागेका छन् । भारतीय भूमि तर्फ भागेका प्रदर्शनकारीले भारतीय प्रहरीले समेत लखटेपछि उनीहरु तितरवितर भएका छन् ।
मोर्चाका कार्यकर्ता भागेपछि रानी भन्सारबाट मालबाहक गाडि विना अवरोध नेपाल प्रवेश गरिरहेका छन् । अहिलेसम्म ६८ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेकोमा १२ वटा डिजेल र २ वटा पेट्रोलका ट्यांकर रहेको जनाइएको छ ।
0 on: "मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय प्रहरीले लखेट्यो, बिराटनगरमा झडप "