body>

Recent news

Crime

FAQ's

Most Viewed

Latest News

Kategori

Kategori

Recent Comments

Follow us on facebook

Advertisement

Theme images by Storman. Powered by Blogger.

समाचार

अपराध

Total Pageviews

Blog Archive

Subscribe

Social

Instagram posts

Technology

Business

Photography

Sports

Video Of Day

Featured
Most Popular

मनोरंजन

Featured

Followers

Followers

Subscribe

वडा न ६

Wait is over

Side Ad

2

Advertise Here

Advertisement

Blog Archives

Ads

Recommended

Pages

Sports

Advertise Here

Text Widget

POPULAR POSTS

Videos

इन्धन सङ्कट गहिरियो , ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल

 



काठमाडौँ – सामान्य अवस्थामा दैनिक ३५० भन्दा बढी पेट्रोलियम पदार्थ बोकेका ट्याङकर स्वदेश भित्रने गरेकामा अहिले एक दर्जनभन्दा कम ट्याङ्कर मात्र भित्रिँदा बजारमा इन्धनको चरम सङ्कट उत्पन्न भएको छ ।

भारतले अघो रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका सबै नाकाबाट न्यून मात्रामा ट्याङ्कर भित्रिँदा उपभोक्ताले सास्ती खेप्नु परेको छ ।

लामो लाम लाग्दासमेत पेट्रोलियम पदार्थ पाउन पाउने सक्ने अवस्था छैन । आयात नै नभएपछि नेपाल आयल निगम आफूसँग मौज्दात रहेको पेट्रेलियम पदार्थ वितरणमा विभिन्न उपाय अवलम्बन गर्न बाध्य भयो ।

गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त बैठकपछि केही दिन पहिलेदेखि सरकारले जोर÷बिजोर प्रणाली लागू ग¥यो र सोहीअनुसार वितरणको पद्दति अपनायो । यस्तै सरकारले ट्रिपर, ट्रकलगायतलाई पनि पेट्रोलियम पदार्थ नदिने रणनीति सरकारले अख्तियार ग¥यो । आइतबारदेखि भने ट्याक्सीलाई पनि पेट्रोलियम पदार्थ नदिने भएको छ । सार्वजनिक सवारी साधनलाई मात्रै मौज्दात रहेको पेट्रोलियम पदार्थ दिने र यातायात सहज बनाउने निगमको ध्येय छ । निगमसँग एकाध दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प, साझा र अन्य निजी क्षेत्रका पम्पलाई निश्चित कोटाका आधारमा पेट्रोलियम पदार्थ दिइआएको छ ।

पेट्रोलियम पदार्थको अभावमा नागरिकको दैनिक जीवन प्रभावित भएको छ । उद्योग धन्दा, अस्पताल र विद्यालय प्रभावित भएका छन् । सरकारले वैकल्पिक व्यवस्था गर्ने बताएपनि अहिलेसम्म सार्थक निर्णय भने हुन सकेको छैन । निगमका प्रवक्ता दीपक बरालले मौज्दात रहेको पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइएको उल्लेख गर्दै दश दिन यता भारतीय आयल निगमबाट नेपाली ट्याङ्करले तेल भर्न नपाएको बताए । उनले आइतबारदेखि ट्याक्सीलाई सातामा एक पटक जोर÷बिजोर प्रणालीका आधारमा९आइतबार र सोमबार० दश लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

निगमले सामान्य रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चारहजारदेखि ४ हजार ५०० किलोलिटर आयात गर्न आवश्यक छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाकाअनुसार बीच बाटामा रोकिएका केही ट्याङ्कर तथा ग्यासका बुलेट भित्रिएपनि नयाँ ट्याङ्कर तथा बुलेटले भारतीय आयल निगममा भर्न पाएका छैनन् । शुक्रबार केही ट्याङ्कर र बुलेट भित्रिएपनि उल्लेख्य मात्रामा आयात हुन नसक्दा समस्या ज्यूँकात्यूँ रहेको छ ।

महानिर्देशक ढुङ्गानाले आयात सहज नहुँदा जनजीवन प्रभावित भएको तथा कुनै पनि भन्सार नाकाबाट आयात नभएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । यसबीचमा समस्या समाधानका लागि वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले आफ्ना भारतीय समकक्षीसँग वार्ता गरे । राजनीतिक तथा कूटनीतिक तवरबाट पनि प्रयास नभएका होइनन् तर चाँडै सहज रुपमा नाका खुल्ने अवस्था देखिएको छैन ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सन्दर्भमा अनौपचारिक रुपमा छलफल गरेपनि कुनै निर्णय भएको छैन । अस्पताल, नर्सिङ होम, बैंक तथा वित्तीय संस्थालगायत अत्यावश्यकीय क्षेत्रमा चौबिसै घण्टा विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणलाई सरकारले निर्देशन दिइसकेको छ । गत बुधबार मुख्यसचिव डा सोमलाल सुवेदीले प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई अत्यावश्यकीय क्षेत्रमा चौबिसै घण्टा विद्युत् उपलब्ध गराउन निर्देशन दिए थियो । त्यसका लागि प्राधिकरणले आवश्यक व्यवस्था मिलाएको बताएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले निगमसँग पेट्रोलियम पदार्थ आयात गर्न वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गरिएको र सोही व्यवस्थाअनुसार सरकारले आवश्यक निर्देशन दिने तयारी गरिएको बताए । उनका अनुसार पेट्रोलियम पदार्थ आयात गर्न विभिन्न उपाय र विकल्पमाथि छलफल भइरहेको छ ।


0 on: "इन्धन सङ्कट गहिरियो , ट्याक्सीलाई सातामा एकपटक मात्र पेट्रोल"